काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको ठहर गरेको छ । केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको ठहर गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने […]