काठमाडौं : एसिसी यु-१९ एसिया कपमा नेपालले आज मंगलबार आफ्नो अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित नेपाल कुवेतसँग जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त गर्ने ध्याउनमा हुनछ।दुबईको आइसिसी एकेडेमीमा कुवेत र नेपालबीचको खेल ११:१५ बजे सुरु हुनेछ। प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल यसअघि नै प्रतियोगितबाट बाहिरिसकेको छ। समूह ‘बी’बाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएका छन् भने समूह ‘ए’बाट भारत