ताप्लेजुङ । नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ । नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुइँचो लागेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड लागेको छ भने पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहलपहल बढेको छ । कञ्चनजङ्घा, मकालु र फक्ताङलुङलगायत हिमशृङ्खलाको […]
भारतको राजधानी नयाँदिल्लीमा शनिबार भएको प्रदर्शनका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकार पक्राउ परेको घटनाप्रति प्रेस क्लब अफ इन्डियाले आपत्ति जनाएको छ ।
टोकियो । जापानको पश्चिमी ओसाका प्रिफेक्चरका दुई सहरमा परम्परागत पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। इजुमिसानो सहरमा पर्वमा सहभागी ५१ वर्षीय एक पुरुष आफू सवार रहेको रथ पल्टिँदा त्यसको तल च्यापिएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त दुर्घटनामा अन्य […]
बनेपा (काभ्रे), २५ असोज । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।