नेपाली कांग्रेसको महाधिवेशन नजिकै आएसँगै लुम्बिनी प्रदेशबाट पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
प्रदेश अधिवेशन सकिएसँगै केन्द्रमा जान चाहने प्रदेशका प्रभावशाली नेताहरू आन्तरिक रूपमा मत माग्न थालेका छन् । केही आकांक्षीहरू काठमाडौं पुगिसकेका छन् ।
लुम्बिनी प्रदेश कांग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाको गृहप्रदेश पनि हो । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा शुरू हुँदैछ ।
लुम्बिनीबाट कांग्रेसको पदाधिकारीमा आधा दर्जन र केन्द्रीय समितिक...