माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, डीजीएममा अर्याल

माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । डेपुटी सीइओ पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढीको बैंकिङ्ग अनुभव बटुलेका बैंकले जानकारी दिएको छ । बैंकका अनुसार थापा बैंकिङ व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् । डीजीएम पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा झण्डै दुई दशक लामो अनुभव