अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन भारतलाई पत्र

१२ वैशाख, काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो । पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र […]

सम्बन्धित सामग्री

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

कतारले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन दिएको निर्देशनअनुसार कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य […]

कतार सरकारद्वारा नेपाललाई ५० भेन्टिलेटर सहयोग

काठमाडौं । कतार सरकारले नेपाललाई ५० भेन्टिलेटर सहयोग गरेको छ। कतारका आमिर शेख तामिम बिन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न ती स्वास्थ्य सामग्री उपलब्ध गराउन दिएको आदेश बमोजिम नेपाललाई सहयोग गरिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ। ‘कतार फन्ड फर डेभलपमेन्ट’ले ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताइएको छ। भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री नेपालका लागि कतारी […]

राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूसँग सङ्घको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ । सङ्घका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए ।हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको सङ्घले जनाएको छ ।

उत्पादक देशलाई थप खोप उपलब्ध गराउन सरकारको आह्वान

काठमाडौं। सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिँदै थप खोप उपलब्ध गराउन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ।

नेपाललाई थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह

काठमाडौँ । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

वाग्मती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेशका राजनीतिक सल्लाहकार जगन्नाथ  थपलियाले ती सामग्री स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीलाई आज हस्तान्तरण गरेका हुन् ।सो अवसरमा थपलियाले कोरोना सङ्क्रमणको समयमा जिल्लामा आवश्यक परेमा थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “आम नागरिकलाई सङ्क्रमणबाट बचाउन आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार छ ।”जिल्ला

सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

जेठ २७, काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रू. एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।   च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रू. एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।  अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रू. दुई करोडमा रू. एक करोड अपुग भएकाले रू. एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएको बताए ।  नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरीद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो ।  कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी शुरु गरिएको अस्पतालले जानकारी दिएको छ । सहयोगी संस्थाका कार्यकारी निर्देशक प्रतीक शर्माले बानेश्वर क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको सिभिल अस्पताललाई आवश्यकताका आधारमा सामग्री उपलब्ध गराइएको बताए ।  दाताबाट बुधवार नै संस्थाको कोषमा सहयोग आएकै दिन अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । निषेधाज्ञाका बीच १५ दिन विभिन्न स्थानमा गई खोजेर स्वास्थ्य सामग्री खरीद गरी उपलब्ध गराइएको हो । रासस

आवश्यकता स्वास्थ्य सामग्री, प्रदेश २ सरकारले किन्यो दमकल

जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन वारुण यन्त्र (दमकल) खरिद गरेको छ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाका अनुसार नौवटा दमकल खरिद गरिएको छ। ती दमकलमध्ये आठवटा जिल्ला प्रशासन कार्यालयलाई र एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइने कुशवाहाले बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत खरिद गरिएको दमकलको मूल्य पाँच करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ। सरकारले खरिद गरेका दमकल बिहीबार साँझ जनकपुरधाम आइसकेको छ। य

नेपाललाई कोरोना खोप उपलब्ध गराउन बेलायतका विज्ञहरुको आग्रह

६ जेठ, काठमाडौं । बेलायतका विज्ञहरुले नेपाललाई कोरोना विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन बेलायत सरकारलाई आग्रह गरेका छन् । बेलायतका स्वास्थ्य विज्ञ तथा खोप अनुसन्धानकर्ताहरु एन्ड्रयु पोलर्ड, सेरा गिल्वर्ड, सर जेरेमी फर्रर, निकोलस ह्वाइट लगायतले बेलायती विदेश सचिव डोमिनिक रावलाई एक पत्र लेखी नेपाल कोरोना महामारीको अत्यन्त संकटमा रहेको भन्दै खोप, […]

सप्तकोशीमा सङ्क्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण

सप्तरी। सप्तकोशी नगरपालिकाले आफ्ना वडा १, २, ८ र ११ मा होमआइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ। नगरप्रमुख उत्तम शर्माको नेतृत्वको टोलीले सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुगिएको बताए। यससँगै नगरपालिकाले २० शय्याको आइसोलेसन कक्ष र होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ। (रासस)