वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेशका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले ती सामग्री स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीलाई आज हस्तान्तरण गरेका हुन् ।सो अवसरमा थपलियाले कोरोना सङ्क्रमणको समयमा जिल्लामा आवश्यक परेमा थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “आम नागरिकलाई सङ्क्रमणबाट बचाउन आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार छ ।”जिल्ला