काठमाडौं । फिल्म हल सञ्चालकहरुको छाता संस्था नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डका पछिल्ला निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको कार्यसमिति बैठकले पुस ६ गते संघर्षका कार्यक्रम तय गर्न देशभरका हल सञ्चालकलाई काठमाडौंमा बोलाएको छ । उक्त भेलामा प्राप्त हुने सुझावलाई समेटेर बोर्डविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा हुने महासचिव नरेन्द्र महर्जनले जानकारी दिए […]