विश्वमा लोपोन्मुख अवश्थामा पुगेका गिद्धहरु पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा सयभन्दा बढी सङ्ख्यामा मृत फेला परेका छन् ।
पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सयभन्दा बढी सङूख्यामा गिद्ध मृत फेला परेको रामग्राम नगरपालिकाका स्थानियवासी शम्भु उपाध्यायले बताउनुभएको छ ।