बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

कात्तिक ११, काठमाडौं । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बिहीवार नै उक्त प्रदेशका आन्तरिक मामिला मन्त्री कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पनि पद तथा गोपनीयतको शपथ लिएका छन् । बुधवार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन्। 

सम्बन्धित सामग्री

स्थिर सरकारका लागि सबैसँग छलफल गरिनेछ : नवनियुक्त मुख्यमन्त्री शाह

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उहाँले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताउनुभएको हो । मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको […]

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले गरे पदभार ग्रहण

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री  खगराज अधिकारीले पदभार समालेका छन् ।  उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री अधिकारीसहित एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले

नवनियुक्त मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तारमा सकस

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मन्त्रिपरिषद् गठन गर्न सकस हुने देखिएको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धन सरकार बन्ने भए पनि कुन दलबाट कति मन्त्री बनाउने भन्नेबारे सहमति भइनसक्दा मुख्यमन्त्री शाहीले तिहारपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।मुख्यमन्त्री शाहीले गत मंगलबार पद तथा गोपनीयताका शपथ लिएका हुन् । त्यतिबेला नै मन्त्रीहरु नियुक्त गरेर शपथ हुने आँकलन गरिएको थियो । मुख्यमन्त्री शाहीको शपथ ग्रहण कार्यक्रमको ब्य

मेरो कार्यकाल भ्रष्टाचाररहित हुन्छ : नवनियुक्त मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचाररहित हुने दाबी गरेका छन् । उनले सुशासन दिने कोशिस गर्ने जानकारीसमेत दिए । बिहीबार मुख्यमन्त्री पदको शपथ लिएपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले समाजवाद उन्मुख कार्यक्रम अगाडि सारेर जनताको सेवा गर्ने प्रतिवद्धता जनाए ।उनले भने, ‘स्वभावैले सर्वहारा, श्रमजीवी, गरिब किसानको पक्षमा हामी काम गर्छौं ।’ उनले अघिल्लो सरकारले गलत निर्णय गरेको रहेछ भने त्यसलाई सच्याउने बताए । प्रदेश सरकारले पूरक

नवनियुक्त मुख्यमन्त्री केसीले गरे पदभार ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कूलप्रसाद केसीले बिहीवार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले तोकेको समयसीमाभित्र मुख्यमन्त्रीका लागि केसीको एकल दाबी परेपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री केसीले ६ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् ७ सदस्यीय बनाएका छन् ।

नवनियुक्त मुख्यमन्त्री केसीको शपथको तयारी

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको शपथको तयारी गरिएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव एवं प्रवक्ता चिरञ्जीवि पौडेलले शपथग्रहणको तयारी भइरहेको बताए

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले शपथ लिएका छन्। नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज शपथ लिएका छन्। मन्त्रीमा कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टीका हरिशरण आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीकी मधुमाया अधिकारीले शपथ लिएका हुन्। मन्त्रीहरुले बिना विभागीयमा सपथ…

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्वीसुब्बाले दिए बधाई

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई तथा शुभकामना दिएका छन् । गुरुङले शनिबार फोन गरेर पोखरेललाई बधाई दिएका हुन् । ‘मुख्यमन्त्री हुनु भएकोमा बधाई छ है मेरो र पार्टीको तर्फबाट’, गुरुङले पोखरेललाई फोनमा भने, ‘सफल कार्यकालको लागि एकदम शुभकामना छ ।’ पोखरेल आजै प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बाले दिए बधाई

काठमाडौं: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन्। विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको दाबी गरेका नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेपछि गुरुङले टेलिफोनमार्फत बधाई दिएका हुन्। 'मुख्यमन्त्री हुनु भएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। तपाईंको कार्यकाललाई एकदम शुभकामना छ,'…

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्बीसुब्बा गुरूङले दिए बधाई र शुभकामना

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बधाई र शुभकामना दिएका छन् ।