पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले शपथ लिएका छन्।
नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज शपथ लिएका छन्।
मन्त्रीमा कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टीका हरिशरण आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीकी मधुमाया अधिकारीले शपथ लिएका हुन्। मन्त्रीहरुले बिना विभागीयमा सपथ…