काठमाडौं महानगरपालिकाले कोरोना भाइरस कोभिड—१९ बिरुद्धको भेरोसेल खोप अभियान ३२ स्थानबाट दिने भएको छ । जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकले महानगरको पायक पर्ने वडाको खोप केन्द्रमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने महानगरले जनाएको छ । महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्नेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गर