सरकारले जेठ २५ गते अर्थात भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोप अभियान देशभर जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो । सरकारले यसअघि भेरोसेल खोप १८