आजको सूचना प्रविधिले निर्माण गरेको २१औँ शताब्दीको ज्ञानात्मक तथा भूमण्डलीकृत समाजमा प्राचीन शैक्षिक इतिहासलाई विभाजन गरेजस्तो स्वदेशी र विदेशी शिक्षा भनी विभाजन गर्नु समय सान्दर्भिक हुँदैन । यो मान्यताले समकालीन दुनियाँमा धेरै महत्त्व पनि राख्दैन । पेसा, व्यवसाय वा आर्थिक क्षेत्रमा वैदेशिक शिक्षाले देशमा राम्रो प्रभाव पारेको कुरामा कसैको दुई मत छैन । तर राजनीतिक क्षेत्रमा भने वैदेशिक शिक्षाको प्रभाव सकारात्मक रहेको देखिन्न । यसको पछिल्लो प्रतिनिधिमूलक उदाहरण हो– अमेरिकी सहायता मिलेनियम च्य