नारायणी किनारमा मानवसागर : फर्कनै सकस (२५ तस्बिर/भिडियो)

गणेश दुलालचितवन । नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । कार्यक्रमका लागि विभिन्

सम्बन्धित सामग्री

नारायणीमा बन्यो पुल, हट्यो सुस्तावासीको सकस

नारायणी नदीमा पुल बनेपछि सुस्तावासीलाई केही राहत भएको छ । तीनतिरबाट नारायणी र एकतिरबाट भारतीय भूमिले घेरिएको सुस्तामा झोलुंगे पुल सञ्चालनमा आएको हो ।

नारायणीमा बन्यो पुल, हट्यो सुस्तावासीको सकस

नारायणी नदीमा पुल बनेपछि सुस्तावासीलाई केही राहत भएको छ । तीनतिरबाट नारायणी र एकतिरबाट भारतीय भूमिले घेरिएको सुस्तामा झोलुंगे पुल सञ्चालनमा आएको हो ।

तेल उत्पादकका सकस : उद्योग नेपालमा, आश भारतीय नीतिको

वीरगञ्ज । नेपाल सरकारले ल्याउने वार्षिक बजेटमा उद्योगी व्यापारीको स्वाभाविक चासो हुने गर्छ । तर, अहिले सीमा क्षेत्रमा खुलेका खानेतेल उद्योगका सञ्चालकको चासो भने भारतीय बजेटमा पनि उत्तिकै हुने गरेको छ । वीरगञ्जस्थित ओसीबी फुडका सञ्चालक सुरेश रुंगटा भारतले वर्ष २०२३/२४ को बजेटमा नीतिगत परिवर्तनको आश गरेका थिए । तर, भारतले तेल आयातमा पुरानै नीतिलाई निरन्तरता दिएपछि उनी निराश भए । वीरगञ्जकै नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचान पनि भारतले तेल आयातमा सीमा शुल्क बढाउने अपेक्षा पालेर बसेका थिए । रुंगटा र चाचानमात्र होइनन्, भारत निकासीलाई लक्षित गरी खुलेका ३० ओटा खानेतेल उद्योग सञ्चालकहरु तेल आयातमा भारतले लिने नीतिको पर्खाइमा थिए । भारतीय बजेटले तेल आयातमा शून्य भन्सार नीतिलाई निरन्तरता दिएपछि स्वदेशी उद्योगी पुनः निराश बनेका हुन् । कोरोना महामारी र रुस युक्रेन युद्धका कारण खाद्यान्न अभाव र मूल्यवृद्धि हुन नदिन तेल आयातमा शून्य भन्सार नीति लिएपछि नेपालबाट भारतमा हुँदै आएको तेल निर्यात स्वात्तै घटेको छ ।   भारतले विगतमा आफ्ना उत्पादकलाई संरक्षणका लागि तेल आयातमा ४० प्रतिशतसम्म सीमा शुल्क लिँदा नेपालका उद्योगीले प्रशोधित तेल निकासी गरेका थिए । गत वर्षसम्म नेपालबाट निकासी हुने मुख्य वस्तुको सूचीमा तेल नै अगाडि थियो । सम्भावित खाद्यान्न संकट र मूल्यवृद्धिलाई ध्यानमा राखेर भारत रणनीतिक उपायमा उत्रिएपछि नेपालबाट हुने निकासी प्रभावित भएको हो । तेलको बजार मूल्य तल झार्न तेल आयातमा लगाइएको शुल्क हटाएको छ । त्यहाँको चालू आर्थिक वर्ष (आव) २०२२/२३ र आगामी वर्ष २०२३/२४ का लागि २०/२० लाख मेट्रिक टन भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात र कृषि पूर्वाधार विकास कर पूर्ण रुपमा हटाइएको छ । यस आधारमा ८० हजार टन तेल शुल्क नतिरी भित्रिने छ । त्योभन्दा बढी परिमाणमा २ दशमलव ५ प्रतिशतभन्दा बढी सीमा शुल्क लाग्दैन । ‘भारतले अन्य देशबाट आयात हुने तेलमा उच्च दरको सीमा शुल्क लगाउँदा भन्सार दर अन्तरका कारण नेपालबाट निकासी सम्भव भएको थियो । भारतले शून्य शुल्क नीति लिएपछि निकासी ठप्पजस्तै भएको छ,’ उद्योगी रुंगटाले भने । विगतमा नेपालका उद्यमीले तेस्रो मुलुकबाट आयात गरेको अर्धप्रशोधित तेललाई यहाँ प्रशोधन गरी शून्यदेखि ५ प्रतिशतसम्मको शुल्क तिरेर भारत निकासी गर्न सम्भव भएको थियो । यसरी आयात भएको तेल ३० प्रतिशत मूल्य अभिवृद्धि गरेर साफ्टा सहुलियतमा निकासी गर्दै आएका थिए । यो सम्भावनाका कारण तेलमा नयाँ लगानी आएको थियो । कति उद्योगले प्रविधि र क्षमतामा विस्तारमा लगानी विस्तार गरेका थिए । ‘भारतले शून्य भन्सार नीति लिएपछि त्यो सम्भव भएन । नेपाल सरकारले कच्चा पदार्थको आयातमा सहुलियत दिए पनि भारतले आयातमा शून्य भन्सार नीति लिएपछि निकासी गर्न सकिएको छैन,’ उद्योगी चाचानको भनाइ छ । यसले स्वदेशी तेल उद्योगको करीब १५ अर्ब रुपैयाँ लगानी संकटमा परेको उनको दाबी छ ।

चितवनबाहिरका सहभागीलाई एमाले महाधिवेशनस्थलमा पुग्नै सकस

चितवन । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बाहिरी जिल्लाहरुबाट आएका सर्वसाधारणलाई महाधिवेशन उदघाटनस्थल नारायणी नदिकिनार क्षेत्र पुग्नै सकस भएको छ । बिहानै गाडी रिजर्भ गरि आएका सर्वसाधारणहरु सडकमा बढ्दो जामका कारण समस्यामा परेका हुन् । पूर्वी नेपालका २१ जिल्लाबाट आएका उनीहरु टिकौली जंगल सडक पार गर्न सकेका छैनन्। उनीहरु फर्किने या नदि किनार आउनेमा अलमल […]

दाङमा बढ्दो छ सङ्क्रमणको सकस

–नारायणी रजौरे र दीपक बोहरा तुलसीपुर, २३ वैशाख : बाँकेसँग सिमाना जोडिएर पनि होला दाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा बढिरहेको छ । मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । बुधबारसम्म यस जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार हाराहारीमा छ । सक्रिय सङ्क्रमित थपिने क्रम हरेक दिन बढ्दो छ । त्यस्तै […]

म्यादी बन्‍न सकस

आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि वीरगञ्जको लक्ष्मण वामास्थित नारायणी रंगशालामा महिला म्यादी प्रहरी