आइपिएल अक्सनको सरप्राइज: ब्रक्सलाई पहिलो सहभागितामा नै १३ करोड माथि, सर्वाधिक महँगो साम

इन्डियन प्रिमियर लिगको मिनी अक्सन शुक्रबार राति सकिएको छ। अक्सनमा यो पटक केही खेलाडीकाे लिलामी अप्रत्यासित रह्यो। भारतको कोचीमा कुल ८० खेलाडीको लिलामी हुँदा ५५ भारतीय र २९ विदेशी खेलाडी टोलीमा रहेका थिए। इंग्ल्यान्डका ह्यारी ब्रुक्स पहिलो पटक आइपिएल अक्सनमा रहेका थिए। २३ वर्षीय ब्याट्सम्यान ब्रुक्सले पहिलो सहभागितामा नै सनसनीपूर्ण मूल्य पाए। यसै वर्ष अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

बढ्दो चुनावी महंगी : महिला सहभागितामा तगारो !

५ फागुन, पोखरा । विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आइपुगेकी मानुषी यमी भट्टराई हालैको निर्वाचनमा काठमाडौं ७ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी थिइन् । कुनै समय स्ववियु निर्वाचनमा हालसम्मकै सर्वाधिक मतसहित सचिवमा विजयी भएकी उनी प्रतिनिधि सभा चुनावमा भने नमिठो हार व्यहोर्न पुगिन् । हाल सत्ता हाँकिरहेको ५ दलीय गठबन्धनको साझा उम्मेदवार बनेकी यमी […]

घटेकै हुन् त रेडियोका श्रोता ?

आफूले खोजेको विषयवस्तु तत्काल अन्य माध्यममा नपाउने र आफ्ना विचारहरू प्रकट गर्ने अन्य माध्यम नभएको अवस्थामा रेडियो सर्वाधिक लोकप्रिय र रोजाईको माध्यम भएको देखिन्छ । विषयवस्तु, श्रोता अन्तरक्रिया वा सहभागितामा ध्यान दिन सकेमा अझैपनि आमसञ्चारको लोकप्रिय सञ्चार माध्यमका रूपमा रेडियो नै रहेको छ ।

२०७८ सालको शेयर बजार : नयाँ वर्षलाई २७३५ विन्दुले स्वागत गरी २४०० विन्दुमा विदाइ

चैत ३०, काठमाडौं । २०७८ सालमा उच्च विन्दु कायम गरेको नेप्से परिसूचकले हजार ४०० विन्दुमा झरेर यो वर्षलाई विदाइ गरेको छ । २०७८ वैशाख २ गते वर्षको पहिलो करोबार खुलेको दिन २७३५ विन्दुमा पुगेर बन्द भएको परिसूचक यो वर्षको अन्तिम दिन चैत ३० गते बुधवार २ हजार ४१५ दशमलव २४ विन्दुमा बन्द भएर विदाइ गरेको छ ।  गत कारोबार दिनको तुलनामा आज नेप्से परिसूचक ३० दशमलव २४ अंकले बढेको छ । यो दिन २२९ धितोपत्रको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँमा खरीद विक्री भएको छ ।   यो वर्षको भदौ २ गते ३२०० विन्दुमाथि पुगेर परिसूचकले नयाँ रेकर्ड काय गरेको थियो । त्यस्तै २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएर कारोबार रकमको रेकर्ड ब्रेक गरेको थियो । यो दिन २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड रुपैयाँमा खरीदविक्री भएको थियो ।  यो वर्ष लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने गुमाएका पनि छन् । १२ सय विन्दुबाट लगातार उकालो लागेको बजारमा ३२ सय विन्दुसम्म पुग्दा धेरै लागनीकर्ताले धैर्य गरेर कमाए भने कतिपयले भने बढेको बजारमा लगानी गर्दा गुमाएका पनि छन् ।  यो वर्ष नयाँ रेकर्ड बनाएकोले कतिपय शेयर लगानीकर्ता हर्षित पनि भए । तर, उक्त समयमा शेयर खरीद गर्नहरू अहिले पुरपुरोमा हात लगाएर बस्न बाध्य छन् । नेप्सेले उच्च विन्दु कायम गरेको दिनको तुलनामा करीब ८ सय विन्दु तल परिसूचक झरेको छ ।  उच्च विन्दु कायम गरेर बजारमा उतरचढाव आउँदा कतिपय लगानीकर्ता पछिल्लो समय तनावमा पनि छन् । धेरै कमाउने दाउमा कतिपयले बढेकै बजारमा बैंकबाट ऋण लिएर लगानी पनि गरे । अहिले बजार घट्दा उनीहरूलाई बैंकको ब्याज तिर्न नै हम्मेहम्मे परेको अवस्था छ ।  २०७८ सालमा धितोपत्र बजारका मुख्य घटना  अहिले परिसूचक २४ सय विन्दु तल झरेको छ । यही वर्षको भदौ २ गते उच्च विन्दु ३२ सयमा पुगेर नयाँ रेकर्ड बनाएको नेप्सेले ८ महीनाको अवधिमा त्यो विन्दुलाई भेट्टाउन हम्मेहम्मे परेको छ । अहिले उक्त विन्दुबाट करीब ८ ०० सय अंक तल झरेर यही विन्दु आसपास कारोबार भइरहेको छ । शेयर विश्लेषक रविन्द्र भट्टराईका अनुसार जब नेप्से परिसूचक बढ्दै जान्छ, तब नयाँ लगानीकर्ताको आकर्षण पनि बढ्दै जान्छ । त्यही भएरपनि नेप्से बुलिस ट्रेण्डमा जाँदा कारोबार रकम पनि बढ्ने गर्छ ।   तर, बजामा प्रवेश गरेका लगानीकर्ताको संख्या र प्रविधिको प्रयागलाई हेर्दा बजारले आगामी वर्ष २०७९ मा नयाँ दिशा लिने कतिपय विश्लेषको आकलन छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितोमा एक बैंकबाट ४ करोड रुपैयाँ र एकभन्दा बढीबाट १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरिदिएपछि आम लगानीकर्ता सडकमै उत्रिएका थिए । यो नीतिले बजारमा नकारात्मक प्रभाव पार्ने भन्ने लगानीकर्ताको बुझाई थियो । तर, राष्ट्र बैंकले यो नीति अवलम्बन गरेर साना लगानीकर्ताको सहभागितामा सहयोग पुगेको दावी गर्दै आएको छ । यसैगरी यो वर्ष नेपाल धितोपत्र बोर्डको अध्यक्ष फेरबदलदेखि नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तनसम्म भए । बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका निवर्तमान सीईओ चन्द्रसिंह साउदलाई बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न लागेको सर्बाेत्तम सिमेन्टको भित्री शेयार कारोबार गरेको आरोप लाग्यो । साउदले भदौ ८ गते राजिनामा दिए भने ढुंगानालाई सरकारले निलम्बन गर्याे ।  सरकारले बोर्डमा अध्यक्ष रमेश कुमार हमाल र नेप्सेमा कृष्णबहादुर कार्की नियुक्त गर्‍यो । अध्यक्ष हमाल करीब २ वर्षे बाँकी कार्यकालका लागि नियुक्त भएका हुन भने सीईओ ४ वर्षे कार्यकालका लागि नियुक्त भए । २०७८ सालमा नियुक्त भएका अध्यक्ष र सीईओले धितोपत्र बजारको सुधारमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । धितोपत्र बजारलाई सबैको सहज पहुँच हुने गरी नीतिगत व्यवस्था गर्ने पनि यो वर्ष चर्चाको विषयमा छन् । योसँगै विदेश गएकाहरूलाई आईपीओको कोटा छुट्याउँने समेतका चर्चा पनि यो वर्ष चलेका छन् ।

सेनेगल पहिलोपटक च्याम्पियन

निर्धारित समयमा पाएको पेनाल्टीमा चुके पनि टाइब्रेकरको निर्णायक पेनाल्टीमा साडियो मानेले गोल गरेपछि सेनेगल आफ्नो फुटबलको इतिहासमा पहिलोपटक अफ्रिका महादेशको च्याम्पियन बनेको छ । क्यामरुनको याओन्डेमा आइतवार राति भएको फाइनलमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको सर्वाधिक सफल तथा ७ पटकको च्याम्पियन इजिप्टलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सेनेगलले १६औँ सहभागितामा पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो ।  सेनेगलसँगको हारसँगै इजिप्टको आठौँ पटक च्याम्पियन बन्ने सपना भने अधुरै रह्यो । राजधानी दैनिकमा खबर छ ।

सफ्टपावर प्राप्तिका संरचनागत पक्षहरू

कुनै पनि देशको स्वर्णकाल भन्दासाथ तत्कालीन समयमा आर्थिक सामाजिक, सांस्कृतिक, शैक्षिक, सैनिक, प्रशासनिक, आध्यात्मिक, धार्मिक र दौत्यनीति नीतिहरू उत्कृष्ट खालका थिए भन्ने बुझ्नुपर्छ । यी सबै क्षेत्रमा अरूभन्दा विशेष राम्रा नीतिहरू अंगीकार गरेर नै लिच्छवीकालका शासकहरूले नेपालमा स्वर्णकाल ल्याउन सफल भएका हुन् । त्यसैले नेपालको आधुनिक इतिहासमा लिच्छवी काललाई स्वर्णकालका रूपमा लिइन्छ । लिच्छवी कालमा दरबारमा नै शास्त्रार्थको उत्कृष्ट वातावरण सृजना गरिएको थियो जहाँ हिमालयको दुवै पट्टिका विद्वान्, दार्शनिक र विचारकहरू शास्त्रार्थ गर्न लालायित हुन्थे । सारांशमा भन्नु पर्दा नेपालले उत्तर र दक्षिणको विद्वत् वर्गलाई अन्तरक्रियाका लागि साझा मञ्च प्रदान गरेको थियो । ती विद्वान्हरू आफ्नो विधामा मात्रै दक्षता राख्दैन थिए परन्तु आफ्ना देशका शासनप्रणालीमा पनि परोक्ष प्रत्यक्ष प्रभाव राख्थे । यही सफ्टपावर लिच्छवीकालमा स्वर्ण युग ल्याउनमा धेरै हदसम्म उपयोगी भएको इतिहासकारहरूको मत छ । अंशुवर्माले तत्कालीन नालन्दा विश्वविद्यालयका प्रकाण्ड विद्वान् तथा व्याकरणविद्हरूलाई दरबारमा अभिभावकत्व प्रदान गरेबाट यस विषयको पुष्टि हुन्छ । विशेषगरी बौद्धमतको अन्तरक्रियाको मिलनविन्दु तत्कालीन नेपाल नै थियो र हिमालयको उत्तरतर्फ बुद्धधर्मको विस्तारमा नेपालमा आधारित प्राज्ञिक शास्त्रार्थको ठूलो योगदान रहेको पाइन्छ ।   प्रजातान्त्रिक नेपालमा ढिलै भए तापनि सफ्टपावरमार्फत मुलुकको दीर्घकालीन हित प्रवर्द्धन गर्ने पक्षलाई महत्त्व दिन थालिएको छ । परराष्ट्र नीतिमा यस पक्षलाई पुष्टि गर्नेगरी केही व्यवस्थाहरू गरिएका छन् । नेपालको परम्परागत विशिष्टताहरूको प्रचारप्रसार गर्ने, लुम्बिनी र पाशुपत क्षेत्रलाई बौद्ध र हिन्दू दर्शन र सभ्यताको एक प्रमुख केन्द्रका रूपमा प्रवर्द्धन गर्ने, नेपालको विशिष्ट प्राचीन पहिचानलाई विश्वसामु उजागर गर्ने, नेपाललाई पूर्वीय दर्शनको गन्तव्य स्थलको रूपमा पहिचान दिलाउने तथा शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सम्बन्ध फराकिलो र सुदृढ बनाउने विषयहरूमा नीतिगत सम्बोधन सकारात्मक पक्ष हो । यी नीतिगत व्यवस्थाहरूलाई कार्यान्वयनमैत्री बनाउनु केही संस्थागत व्यवस्थाहरू गर्नुपर्ने हुन्छ । यी पक्षको पहिलो प्रस्थान विन्दु भनेको नेपाललाई पूर्वीय मान्यताहरूको मिलनविन्दुको स्थल बनाउने सोचको जग हाल्नु नै हो । यसका लागि प्रारम्भमा पूर्वीय सभ्यताका विविध पक्षहरू (सभ्यता, धर्म, संस्कृति, विधा, शास्त्र, ज्ञान, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभूषा) का बारेमा अन्तरक्रियाका लागि मञ्च उपलब्ध हुने व्यवस्था गरिनुपर्छ । सगरमाथा संवाद यी तमाम क्रियाकलाप सञ्चालनका लागि उपयुुक्त मञ्च बन्न सक्ने देखिन्छ । सगरमाथा संवादअन्तर्गत पूर्वीय सभ्यताका उपर्युक्त विविध पक्षहरूमा पूर्वीय सभ्यतासँग सरोकार पक्षहरूको सहभागितामा नियमित रूपमा शास्त्रार्थ र प्रवचनहरू सञ्चालन हुनुपर्छ । विद्वान्हरूका दुईओटा आवश्यकता (सम्मान र भरणपोषण)हरूलाई सम्बोधन गर्नेगरी सगरमाथा संवादलाई सक्रिय पार्न सकेको खण्डमा निश्चय नै यो नेपालको सप्mटपावरमार्पmत प्रभाव विस्तारको उपयुक्त माध्यम बन्न सक्छ । नेपाल संस्कृत विश्वविद्यालय विश्वभरका संस्कृतसम्बन्धी क्रियाकलापहरूको केन्द्रका रूपमा विकास गर्न सकिने देखिन्छ । यस्तै, विश्वभरका बौद्ध दर्शन र शास्त्रहरूको अध्ययन र अध्यापनको केन्द्रका रूपमा बौद्ध विश्वविद्यालयको आधारशिला पनि देशभित्र उपलब्ध छ । विश्वभरिका नेपाली भाषीहरूलाई एकआपसमा भावनात्मक रूपमा जोड्ने गरी नेपाली भाषा केन्द्रीय विभागलाई सक्रिय तुल्याउन सकिन्छ । नेपाललाई पूर्वीय कला र संस्कृतिको मिलनविन्दुका रूपमा विकास गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विषयगत प्रज्ञा प्रतिष्ठानहरूलाई परिचालन गर्न सक्ने देखिन्छ । नेपालमा मूल भएका भाषाहरूमा पनि सोहीअनुरूप व्यवस्था गर्न सकिन्छ ताकि ती सबै भाषाको प्रशासन पनि नेपालमा स्थित नेपाली केन्द्रहरूले नै सञ्चालन गर्न सकून् । नेपाललाई शाक्त, शैव, तन्त्र, मष्टो बन्डाली, किरात, बोनलगायत पन्थहरूको केन्द्रका रूपमा विकास गर्न सम्बद्ध पीठ, मन्दिर र मठअन्तर्गत आध्यात्मिक क्रियाकलापहरूमार्फत विश्वव्यापी सञ्जाल तयार गर्न सकिन्छ । हिन्दू धर्मको व्यवस्थापन अर्को सम्भावना भएको क्षेत्र हो । यसका लागि छुट्टै प्रतिष्ठान, न्यास आदिको व्यवस्था गरी विश्वव्यापी सञ्जाल स्थापना गर्न सकिन्छ । हिन्दू धर्म सम्बद्ध सबै प्रकारका क्रियाकलापहरू वेद, पुराण, कर्मकाण्ड अध्ययन, अध्यापन, धार्मिक अनुष्ठानको विधि पद्धतिको निर्धारण र निरूपणलगायत क्षेत्राधिकार रहने यस प्रबन्धले नेपाललाई यस क्षेत्रको प्राधिकारका रूपमा विकास गर्न सक्ने देखिन्छ । संस्कृत अध्ययन विशुद्ध प्राज्ञिक विधाका पृथक् क्षेत्रका रूपमा विकास गर्दै हिन्दू धर्म सम्बद्ध क्रियाकलापहरू अलग्गै न्यासका रूपमा सञ्चालन गरिँदा यसले उद्देश्य र लक्ष्यहरूमा थप स्पष्टताहरू ल्याई संस्कृत भाषा र हिन्दू धर्मको विश्वव्यापी रूपमा समानान्तर रूपमा निर्विवाद विकास हुने देखिन्छ । विद्वानहरूका दुईओटा आवश्यकता (सम्मान र भरणपोषण)हरूलाई सम्बोधन गर्नेगरी सगरमाथा संवादलाई सक्रिय पार्न सकेको खण्डमा निश्चय नै यो नेपालको सफ्टपावरमार्फत प्रभाव विस्तारको उपयुक्त माध्यम बन्न सक्छ । नेपाली मौलिक पोशाकहरूको प्रवर्द्धनमा पनि सोहीअनुरूपका संस्थागत व्यवस्थाहरू गर्न सकिन्छ । यी पोशाकको विश्वव्यापीकरणले नेपालमा र नेपाल बाहिर पोशाकसम्बन्धी एउटा सञ्जाल तयार हुने देखिन्छ । यस्ता संस्थाहरूको निरन्रताका लागि आवश्यक पर्ने साधनस्रोतका लागि विश्वव्यापी रूपमा तीनओटा प्रचलनहरू (दान, सरकारी सहयोग र शुल्क) विद्यमान छन् । नेपालले पनि यस्ता संस्थाहरू र ती संस्थाका क्रियाकलापहरू उपर्युक्त तीनओटै आडमा सञ्चालन गर्ने नीति अंगीकार गर्नुपर्छ । यसो गर्न सकेको खण्डमा उपर्युक्त क्रियाकलापहरू सञ्चालन गर्न साधनस्रोतको पनि अभाव हुने देखिँदैन । सम्बद्ध भाषाका लागि सम्बद्ध भाषीहरू, सम्बद्ध धर्मका लागि सम्बद्ध धर्मावलम्बीहरू तथा इच्छुक दाताका व्यक्तिगत न्यासहरूको स्थापनामार्फत साधनस्रोतको यथोचित व्यवस्था गर्न सकिने सम्भावना छ । संस्थाहरूका सेवाहरूमार्फत पनि नियमित आयआर्जनको व्यवस्था गर्न सकिने देखिन्छ । जस्तै नेपाली भाषाको विकासका लागि नेपाली भाषाको व्याकरण र शब्दकोशको विक्रीबाट हुने आय संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण स्रोतका रूपमा रहन सक्छ । कुनै दाताले नेपाली शब्दकोशको पुनर्लेखन र संशोधनजस्ता क्रियाकलाप सञ्चालन गर्न अक्षयकोष नै स्थापना गर्न सक्छन् । संस्कृत भाषाको कुनै विषयको अध्ययन र अध्यापनका लागि यस्तै अक्षयकोषहरूको व्यवस्था गरी दिन दाताहरू अगाडि आउन सक्छन् । अक्सफोर्ड विश्वविद्यालयमा स्थापित बोडेन चेयर अफ संस्कृत यसको उदाहरण हो । यसका लागि चाहिने अक्षय कोषको व्यवस्था तत्कालीन इस्ट इन्डिया कम्पनीका लेप्mिटनेन्ट कर्नेल जोसेफ बोडेनले गरेका थिए । सफ्टपावरको क्षेत्रमा क्रियाशील संस्थाहरूको आर्थिक स्रोतको यो मोडल विश्वव्यापी रूपमा प्रचलित छ । सारमा भन्नुपर्दा उपर्युक्त क्षेत्रहरूको परिचालनमा साधनस्रोतको व्यवस्था त्यत्ति अहम् प्रश्न होइन । आजको सर्वाधिक महत्त्वको विषय भनेको ती संस्था उद्देश्यबमोजिम सञ्चालन गर्न सक्ने क्षमतावान र इमानदार जनशक्तिको हो । पश्चिमले हरेक क्षेत्रमा गरेको आश्चर्यचकित विकासका पछाडि संस्थाको नेतृत्वमा योग्य इमानदारको चयन, साधनस्रोतको पर्याप्त व्यवस्था र राजनीतिक अहस्तक्षेपयुक्त निरन्तरता नै प्रमुख कारणहरू हुन् । यी तीनओटा मान्यतालाई अंगीकार गर्दै नेपाललाई पूर्वीय ज्ञानको केन्द्रका रूपमा विकास गर्ने हो भने लिच्छवीकाल जस्तै नेपालमा अर्को स्वर्णकाल आउन सक्छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

यसकारण दुईतिहाइको सरकार - Naya Patrika

सरकार सञ्चालनका लागि नेपाली जनताले इतिहासमै सर्वाधिक महत्वपूर्ण जनादेश दिएका छन् र सोही जनादेशका आधारमा वाम गठबन्धन –एमाले र माओवादी केन्द्र) को नेतृत्व र सहभागितामा सरकार निर्माण भएको छ ।...पूरा पढ्नुहोस् »