डा. महतले आफ्नै नेतृत्वमा त्यतिबेला बीरआरआई सम्झौतामा हस्ताक्षर भएको स्मरण गराउँदै यसमा धेरै सोचविचार गरेर हस्ताक्षर गरेको बताए । उनले भने, 'यो बीआरआई वास्तवमा म नै विदेशमन्त्री हुँदाखेरी एमओयू साइन भाको हो । त्यतिबेला यसलाई किन तत्कालै हस्ताक्षर नगर्ने भनेर प्रश्न उठेको थियो ।'