पृथ्वीनारायण शाह एकीकरणका सूत्रधार हुन् अथवा महत्त्वाकांक्षी आक्रमणकर्ता, यो इतिहासको ‘रिडिङ’ माथि भर पर्ला, तर पृथ्वीनारायणलाई छुटाएर गरिएको नेपाली राष्ट्रियताको विश्लेषण अपूर्ण हुन जान्छ । बीआरआई र एमसीसीका कारण सृजित आन्तरिक कलह होस् या आन्तरिक राजनीति मिलाउन बेइजिङ र दिल्लीको खटन, हामी दुई ढुंगाबीचको तरुल भएको तथ्य आज पनि पुष्टि हुन्छ ।