वीरगञ्ज नाका भएर एक वर्षमा ४७ करोडको माछा आयात

वीरगञ्ज – पछिल्लो समय नेपालमै उत्पादन गर्न सकिने बिभिन्न किसिमका बस्तुहरुको नेपालमा आयात हुने क्रम बढेसँगै माछा आयात पनि गत आर्थिक बर्षमा बढेको छ। देशकै प्रम्ख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर मात्रै आर्थिक वर्ष २०७८/७९ मा ४७ करोडभन्दा बढीको माछा आयात भएको छ। यो नाका भएर गत आर्थिक वर्षको साउनदेखि असार गरी १२ महिनामा […]

सम्बन्धित सामग्री

वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई फूलमालाले स्वागत

११ असोज, काठमाडौं । वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई फूलमालाले स्वागत गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले विश्व पर्यटन दिवसका अवसरमा वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई शंकराचार्य गेटमा फूलमाला लगाएर स्वागत गरेको हो …

यी हुन्, वीरगञ्ज नाका भएर विदेश निर्यात हुने मुख्य वस्तु

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]

वीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ । गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य […]

वीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ ।        गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि एक

वीरगञ्ज नाका भएर सात महिनामा युक्रेनबाट ६ अर्बको सामान आयात

वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनाको अवधिमा देशकै मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार भएर युक्रेनबाट नेपालमा करिब ६ अर्बको सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर साउनदेखि माघसम्म रु पाँच अर्ब ९९ करोड ३२ लाख ३८ हजार मूल्य बराबरको सामान नेपाल आयात भएको छ। यो गत […]

वीरगञ्ज नाका : आयातमा पेट्रोलियम पदार्थ र सवारीसाधनको वर्चस्व

वीरगञ्ज । आयात निर्यात परिमाणका हिसाबले मुख्य नाका वीरगञ्जबाट पेट्रोलियम पदार्थ र सवारीसाधन अधिक परिमाणमा भित्रिएको देखिएको छ । बितेको ६ महीनामा वीरगञ्ज भन्सार हुँदै आयातित वस्तुको मुख्य सूचीमा यस्ता वस्तुको वर्चस्व रहेको हो । भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि पुससम्मको अवधिमा आयातित मुख्य २० वस्तुको अग्रस्थानमा पेट्रोलियम पदार्थ र सवारीसाधन नै परेका छन् । वीरगञ्ज भन्सारले उठाएको राजस्वमा पनि यस्तै वस्तुको योगदान प्रमुख रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । भन्सारको कुल राजस्वमा पेट्रोलियम पदार्थ र सवारीका साधनको मात्रै करीब ६२ प्रतिशत योगदान देखिन्छ । पेट्रोलियम पदार्थको आयातबाट ३७ दशमलव ४ र सवारीसाधनबाट २४ दशमलव ४ प्रतिशत योगदान रहेको भन्सार प्रमुख पौडेलले जानकारी दिए । वीरगञ्ज भन्सार कार्यालयले ६ महीनामा १ खर्ब ५ अर्ब रुपैयाँ राजस्व उठाएको थियो । यो नाकाबाट भित्रिएका मुख्य पाँच वस्तुमा क्रमशः डिजेल, जीप/कार भ्यान, पेट्रोल, मोटरसाइकल र एलपी ग्यास छन् । चालू आव पहिलो अर्धवार्षिक अवधिमा यो नाकाबाट ४४ अर्ब ४१ करोड रुपैयाँबराबरको ६ लाख १४ हजार किलोलिटर डिजेल भित्रिएको छ । यो परिमाण अघिल्लो आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा २२ प्रतिशत बढी हो । आयात सूचीको दोस्रो नम्बरमा परेको जीप/कार र भ्यानको आयात पनि ४३ प्रतिशतले बढेको छ । चालू आवको ६ महीनामै ४ अर्ब ९० करोड रुपैयाँबराबरको ४ हजार २९ ओटा यस्ता साधन भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । तेस्रो स्थानमा रहेको पेट्रोल २ लाख ५ हजार किलोलिटर आयात भएको देखिन्छ । पेट्रोल आयात परिमाणका हिसाबले अघिल्लो २५ प्रतिशत बढी हो । सरकारले विद्युत् खपत बढाएर एलपी ग्यासको आयात घटाउने बताइरहँदा यस्तो आयात पनि १५ प्रतिशतले बढेको छ । बितेको ६ महीनामा १ लाख ३७ हजार मेट्रिकटन एलपी ग्यास भित्रिएको देखिन्छ । वीरगञ्ज नाका पेट्रोलियम पदार्थ भित्रिने मुख्य नाका हो । कुल खपतको करीब आधा परिमाण यही नाकाबाट आउने भन्सार अधिकारीहरू बताउँछन् । मुख्य आयात सूचीको चौथो स्थानमा रहेको मोटरसाइकलको आयात भने घटेको छ । यो वर्षको शुरुआती ६ महीनामा मोटरसाइकलको आयातमा ३२ प्रतिशतले कमी आएको छ । विगतमा वीरगञ्ज नाकाबाट मोटरसाइकल भित्र्याउने केही आयातकर्ता अहिले भैरहवा भन्सारतिर गएकोले वीरगञ्जबाट आायात घटेको भन्सार अधिकारीहरूको दाबी छ । स्वदेशमै मोटरसाइकल एसेम्बल हुन थालेकाले पनि यस्तो आयात घटेको अनुमान उनीहरूको छ ।   यो ६ महीनामा अनएसेम्बल्ड मोटरसाइकलको आयात ८१९ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । गत आवको पुससम्ममा ८६८ ओटा यस्ता मोटरसाइकल आयात भएको थियो । अहिले यो संख्या ७ हजार ९७९ पुगिसकेको छ । यो नाकाबाट कोइला, मोबिल, हवाई इन्धन, अलकत्रा, फर्नेस आयल, बेस आयललगायत पेट्रोलियम पदार्थ भित्रिएको छ । सवारीसाधनतर्फ ट्रक, बस र डम्पर पनि उल्लेख्य परिमाणमा आयात भएको देखिन्छ । तयारी कपडा र अर्ध प्रशोधित तेल, फलामलगायत औद्योगिक कच्चा पदार्थ यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्ने भन्सारको तथ्यांक छ ।

वीरगञ्ज नाकाबाट बढ्यो फलफूलको जुस निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सारबाट फलफूलको जुसको निर्यात बढेको छ। ०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाका भएर फलफूलको जुसको निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। चालु वर्ष साउनदेखि पुस मसान्तसम्म वीरगञ्ज नाका भएर नेपालबाट २ अर्ब ५८ करोड २१ लाख एक हजार बराबरको फलफूलको जुस निर्यात भएको हो। यस अवधिमा ३ करोड ४८ […]

वीरगञ्ज भन्सार : विद्युतीय मोटरसाइकल र तीन पांग्रे सवारीको आयात दोब्बर

वीरगञ्ज – देशको मुख्य नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको अवधिमा विद्युतबाट चल्ने मोटरसाइकल र तीन पाँग्रे सवारीसाधनको आयात वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा विद्युतीय मोटरसाइकल र तीन पाँग्रे सवारीसाधनको आयात करिब दोब्बरले वृद्धि भएको हो। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको […]

वीरगञ्ज नाका हुँदै बेचिन लागेका दुई युवतीको उद्वार

श्रीमान विदेशमा रहेका गोरखा माईती र घर तनहुँ भएकी रिमालाई उनकै आफ्नै आमाजु र आमाजुका श्रीमानले बेच्न प्रयास गरेको खुलेको छ।...