भोजपुरमा विकास निर्माणको काममा तीव्रता

भोजपुर । भोजपुर जिल्लामा रोकिएका विकास निर्माणका काम शुरु गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लगाइएको निषेधाज्ञाका कारण जिल्लामा चार महिनादेखि विकास निर्माणको काम सञ्चालन हुन सकेको थिएन । कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि विकास योजनाको काम तीव्र गतिमा शुरु भएको हो । जिल्लामा सडक, पुल, भोजपुर रंगशाला लगायतको […]

सम्बन्धित सामग्री

विकासका काममा निगरानी बढाउन विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास निर्माणका काममा जननिगरानी बढाउन आग्रह गरेका छन् । रुपन्देहीको विकास निर्माणका लागि महत्वपूर्ण काम भएका र केही निर्माणको चरणमा रहेको चर्चा गर्दै विकास निर्माणमा...

सर्वोच्चको फैसलापछि वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

विकास निर्माणको काममा अवरोध गर्ने प्रवृत्ति पछिल्ला दिनमा मौलाएको छ। आयोजनाको क्षमताभन्दा पनि बढी माग गर्ने प्रवृत्ति बढ्दै जाँदा विकासकर्तालाई पनि समस्या परेको छ।...

विकास निर्माणको काममा समन्वय गर्नुपर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनुपर्ने भएको छ। शुक्रबार राति अबेरसम्म कामपाको प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा बसेको बैठकले कामपामा हुने विकास निर्माणका जति पनि कामको लागि सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्नुपर्ने निर्णय गरेको हो। […]

विकास निर्माणको काममा स्थानीयलाई नै जिम्मेवारी दिनुपर्छ : देउवा

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ ।  शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उहाँले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले प्रायजसाे काम राम्रो र छिटो तथा गुणस्तरीय ढङ्गबाट सम्पन्न भएको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ...

विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताइन् ।शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी हुन् । विकास निर्माणको काम समयमै सम्पन्न […]

‘कर्मचारी अभावमा विकास निर्माणले तीव्रता पाउन सकेन’

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनियरहरूको अभावको कारण विकास निर्माणले तीव्रता दिन नसकेको बताएकी छन्।सोमबार भएको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैंठकमा मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनियरहरूको अभावको कारण विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढ्न नसकेको बताएकी हुन्।मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनियरहरूको अभाव भएको र भएका इन्जिनियरहरू पनि पढाइलगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ

इन्जिनीयरको अभावले विकास निर्माणको काममा तीव्रता दिन सकिएन : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनीयरको अभावको कारण विकास निर्माणको काम तीव्रता दिन नसकेको बताएकी छन् । सोमवार भएको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनीयरहरूको अभावको कारण विकास निर्माणको काम तीव्रगतिमा अगाडि बढ्न नसकेको बताइन् । मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनीयहरूको अभाव भएको र भएका इन्जिनीयरहरू पनि पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको बताइन् । उनले य...

विकासका काममा भएको ढिलासुस्ती छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग

काठमाडौँ– राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङले विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता हुने गरेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए । राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य गुरुङले विकास निर्माणको काममा ढिलासुस्ती हुने गरेको बताए । समयमै आयोजना सम्पन्न नहुने र समय थप्दै जाँदा आर्थिक व्ययभार पनि बढ्दै जाने गरेको उनले उल्लेख गरे । उनले विकास निर्माणमा […]

काठमाडौं उपत्यकामा विकास निर्माणको काममा रोक

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले आगामी एक सातासम्म विकास निर्माणका कामलाई रोक लगाउने निर्णय गरेको छ। सार्वजनिक तथा निजी विकास निर्माणमा पूर्ण रूपमा रोक लगाने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले गरेको हो। यसै गरी २० गतेसम्मलाई थपिएको निषेधाज्ञामा निर्माण सामग्रीको ढुवानी पनि बन्द गरिने भएको छ।

विकास निर्माणको काममा महिलाको सहभागिता बढ्दै

वैशाख ७, ताप्लेजुङ । ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढ्दै गएको छ ।  प्रायः जसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् । पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हुने विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन् । महिलाहरू साना सिँचाइ योजना, बाटो निर्माण खानेपानी योजना, भवन निर्माणमा सहभागी हुन थालेका छन् । बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुँदा महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको पाइन्छ । सिदिङवा गाउँपालिका–३ का शिवमाया सिवालाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो । गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे । आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा जानु सिवाको दैनिकी हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो ।  उनी भन्छिन्, ‘हामीले बाटो र कुलो बनाउने काम गरिरहेका छौँ । पुरुषको भन्दा छिटो गरिरहेका छौँ ।’ विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको सिवाको भनाइ छ । उनीजस्तै ताप्लेजुङका ३०० जना महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आएका छन् । सिरिजंघा गाउँपालिका–३ का लीला गौतमले गत आइतवार आफ्नै नाममा खोलेको बैंक खाताबाट पैसा निकालेको पहिलोपटक हो । गौतमले भनिन्, ‘म अहिले २६ वर्ष पुगेँ, मैले कुनै बैंकमा खाता खोलेको थिइनँ । प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भयो । बैंकमा खाता खोल्नुपर्छ भनेपछि गाउँपालिकामा रहेको बैंकमा खाता खोले । आज पहिलो महीनाको तलब रू. १७ हाजर बैंकबाट निकालेँ ।’ उनी मात्र होइन, सिरिजंघा गाउँपालिकाका ६३ महिलाले आइतवार पहिलो माहीनाको तलब निकासा गरेका छन् ।  सिरिजंघा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवेदनमा परेकामध्ये २१२ जना रोजगारीका लागि छनोटमा परेका छन् । तीमध्ये ६३ महिला रहेको सिरिजंघा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हिमाल तिमिल्सिनाले बताइन् ।  ताप्लेजुङको नौ स्थानीय तहमा ३०० महिला अहिले बाटो निर्माण, सिँचाइ, कुलो मर्मतमा सक्रियरूपमा दैनिक काम गर्न आएका छन् ।  सिदिङवा गाउँपालिकामा २२० पुरुष र  ५३ महिलाले रू. ५१७ का दरले दैनिक ज्यालामा सय दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार  पाइरहेको सिदिङवा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक फूलमाया पन्दाकले बताइन् ।  यसैगरी मेरिङदेन गाउँपालिकामा २६२ पुरुष र ६१ जना महिलाले रोजगारी पाएका छन् । मैवाखोलामा २१२ पुरुष र ६१ महिला, सिरिजंघा गाउँपालिकामा २०८ पुरुष र ६३ जना महिला, पाथीभरायाङवरक गाउँपालिकामा २५६ पुरुष र ६६ जना महिलाले रोजगारी पाएका छन् ।  त्यस्तै, फक्ताङलुङ गाउँपालिकामा १२७ जनाले रोजगारी पाएका छन् । फुङ्लिङ नगरपालिकामा ११२ महिला र १६८ पुरुषाले रोजगारी पाएको फुंलिङ नगरपालिकाका रोजगार संयोजक सरिता लिङदेनले बताइन् ।  प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण कार्यमा महिलाको सहभागिता हुन पाउँदा खुशी लागेको फुंलिङ गाउँपालिका–९ का हरिकला गुरुङले बताइन् । विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकामा पछिल्लो समय महिलाले विस्तारै स्वरोजगार बन्दै गएको सिरिजंघा गाउँपालिका रोजगार संयोजक हिमाल तिमिल्सिनाले बताए । रासस