कामको नाममा चार वर्षसम्म आफ्नो प्रदेशको नाम समेत जुराउन नसकेको 'निकम्मा' प्रदेश १ मा आइतवार मन्त्रिपरिषद् विस्तार भयो ।
नेकपा एमाले विभाजनको बाइप्रडक्टस्वरूप अन्य प्रदेशमा जस्तै नाम जुराउन नसकेको प्रदेश १ मा तीन महिनाअघि नै माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन भएको थियो ।
भागबण्डा मिल्न नसक्दा तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । २०६२/०६३ सालको जनआन्दोलनको पृष्ठभूमि बनाउन विद्यार्थी आन्दोलनको नेतृत्व गरेका राजेन्द्र राई मुख्यमन्त्री बनेपछि भागबण्डा मिलाउनक...