प्लेअफको आशमा पोखरा थन्डर्स

काठमाडौं। शीर्ष चारमा रहेर प्लेअफको सम्भावना कायम राख्ने लक्ष्यका साथ पोखरा थन्डर्सले आज नेपाल सुपर लिगमा ललितपुर सिटीविरुद्ध खेल्दैछ। प्लेअफमा स्थान बनाउन पोखरालाई आफूले जितेर मात्र पुग्दैन अन्य टिमको नतिजा पनि कुर्नुपर्छ। पाँच खेलबाट पाँच अंक जोडेको पोखरा छैटौं स्थानमा छ। ६ अंक जोडेको ललितपुर चौथो स्थानमा छ। ६ अंकका साथ चौथो स्थानमा रहेको ललितपुरले जितेमा प्लेअफ सम्भावना बलियो बन्नेछ।

सम्बन्धित सामग्री

विश्वस्तरीय फुटबलको झल्को दिने त्यो खेल

क्वालिफायर–१ अन्तर्गत पोखरा थन्डर्स र धनगढी एफसीबीचको खेल ऐतिहासिक बन्यो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि खेलको नतिजा नआउँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

नेपाल सुपर लिग प्लेअफ चरणमा प्रवेश, यस्तो छ फाइनल पुग्ने समीकरण

देशका विभिन्न शहरहरूलाई प्रतिनिधित्व गर्ने नौ फ्रेन्चाइजी टोलीबीचको प्रतिस्पर्धाबाट पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफमा पुगेका छन् ।

तथ्यांकमा पोखरा र धनगढीको प्रतिष्ठाको लडाइ

६ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार पोखरा थन्डर्स र धनगढी एफसीबीच खेल हुँदैछ । यो अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल हुनेछ । दशरथ रंगशालमा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो यसपल्टको ३३ र समग्रमा ५८ औं खेल हुनेछ । २. यो खेलको नतिजाले […]

पोखरा प्लेअफ पुग्ने पहिलो टोली

बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।...

इन्जुरी समयमा पोखरा भाग्यमानी

स्ट्राइकर मोसेस ग्याबाहले खेलको अन्तिम इन्जुरी समयमा गरेको एक मात्र गोलको सहयोगमा पोखरा थन्डर्स दोस्रो संस्करणको नेपाल सुपर लिगको प्ले अफमा पुगेको छ । प्ले अफमा स्थान पक्का गर्ने पोखरा पहिलो...

पोखरा थन्डर्स शीर्षमा उक्लियो

काठमाडौं। पोखरा थन्डर्स जारी नेपाल सुपर लिगअन्तर्गत अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ्ग इलाम एफसी १–० ले हराएर पोखरा शीर्ष स्थानमा पुगेको हो । पोखराको ८ अंक भएको छ । पोखराको जितमा सन्जीव विष्टको एक् मात्र गोल नै जितको लागि पर्याप्त भयो । उनले खेलको ४७ औं मिनेटमा गोल […]

नेपाल सुपर लिग : पहिलो हाफमा पोखरा र चितवन गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा पोखरा थन्डर्स एफसी र चितवन एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगका पाँच खेलमध्ये एकमा विजयी, दुईमा बराबरी र दुईमा पराजित भएको पोखरा अंक तालिकाको छैटौं स्थानमा छ। त्यस्तै लिगका चारमध्ये दुईमा बराबरी र दुईमा पराजीत भएको चितवन अंकतालिकाको पुछारमा छ।

नेपाल सुपर लिग : आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाैै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने  धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३-० गाेल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता आउँदो जेठ १ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ हात पाउने छन् ।

नेपाल सुपर लिगमा काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । काठमाण्डौले दुई खेलमा ३ अङ्क जोडेको छ । पहिलो खेलमा काठमाण्डौले ललितपुर सिटी एफसीलाई १-० गाेल अन्तरले हराएको थियो । दोस्रो खेलमा धनगढी एफसीले काठमाण्डौलाई ३-० गाेल अन्तरले हराएको थियो । पोखराले दुई खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा बुटवल लुम्बिनीले पोखरालाई २-० गाेल अन्तरले हराएको थियो भने दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० गाेल अन्त...