नेपाल सुपर लिगमा काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । काठमाण्डौले दुई खेलमा ३ अङ्क जोडेको छ । पहिलो खेलमा काठमाण्डौले ललितपुर सिटी एफसीलाई १-० गाेल अन्तरले हराएको थियो । दोस्रो खेलमा धनगढी एफसीले काठमाण्डौलाई ३-० गाेल अन्तरले हराएको थियो । पोखराले दुई खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा बुटवल लुम्बिनीले पोखरालाई २-० गाेल अन्तरले हराएको थियो भने दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० गाेल अन्त...

सम्बन्धित सामग्री

नेपाल सुपर लिग प्लेअफ चरणमा प्रवेश, यस्तो छ फाइनल पुग्ने समीकरण

देशका विभिन्न शहरहरूलाई प्रतिनिधित्व गर्ने नौ फ्रेन्चाइजी टोलीबीचको प्रतिस्पर्धाबाट पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफमा पुगेका छन् ।

तथ्यांकमा पोखरा र धनगढीको प्रतिष्ठाको लडाइ

६ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार पोखरा थन्डर्स र धनगढी एफसीबीच खेल हुँदैछ । यो अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल हुनेछ । दशरथ रंगशालमा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो यसपल्टको ३३ र समग्रमा ५८ औं खेल हुनेछ । २. यो खेलको नतिजाले […]

पोखरा प्लेअफ पुग्ने पहिलो टोली

बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।...

नेपाल सुपर लिग फुटबल : काठमाडौँ रेजर्सद्वारा पोखरा थन्डर्स २-१ ले पराजित

नेपाल सुपर लिग फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा काठमाडौँले पोखरालाई २-१ गोलअन्तरले पराजित गर्‍यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोकिर उगली शोख्रुखले गोल गरेपछि काठमाडौँको जित पक्का भएको थियो । त्यसअघि खेलको ५९औँ मिनेटमा पोखराका खेलाडी आयुष घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता …

नेपाल सुपर लिग : पोखराको अन्तिम चारमा सम्भावना कायमै, चितवन बाहिरियो

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा पोखरा थन्डर्स एफसीले चितवन एफसीलाई २-१ ले पराजित गर्दै आफ्नो अन्तिम चारमा सम्भावनालाई कायम राखेको छ। पोखराको जितमा नवयुग श्रेष्ठ र राफेल रिम्गागोले एक-एक गोल गरे भने चितवनका शिशिर लेखीले एक गोल गरेका थिए। चितवनका गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए। पोखरासँग पराजित चितवन लिगबाट बाहिरिएको छ।

नेपाल सुपर लिग : पहिलो हाफमा पोखरा र चितवन गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा पोखरा थन्डर्स एफसी र चितवन एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगका पाँच खेलमध्ये एकमा विजयी, दुईमा बराबरी र दुईमा पराजित भएको पोखरा अंक तालिकाको छैटौं स्थानमा छ। त्यस्तै लिगका चारमध्ये दुईमा बराबरी र दुईमा पराजीत भएको चितवन अंकतालिकाको पुछारमा छ।

नेपाल सुपर लिग : आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाैै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने  धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३-० गाेल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता आउँदो जेठ १ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ हात पाउने छन् ।

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात

काठमाडौं। काठमाडौं रेजर्सले उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० ले पराजित गर्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सफल सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे। प्रतियोगितामा भोलिबाट दुई खेलहरू हुनेछन्। भोलिको पहिलो खेल विराटनगर एफसीविरुद्ध धनगढी एफसी र दोस्रो खेल पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच छ।