जनता आजित भए, वैद्य र विप्लवहरू लाज नमानी मेरो नेतृत्वमा आउनुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी जनयुद्धमा भाग लिएकाहरू आफ्नो नेतृत्वमा एकताबद्ध हुनुको विकल्प नरहेको भन्दै फेरि प्रचण्डकहाँ जानुपर्ने भयो भनेर लाज नमान्न आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेकपा छाडेर माओवादीमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी […]

सम्बन्धित सामग्री

प्रचण्डले कस्तो सरप्राइज देलान्

काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कहिले पूर्वमाओवादीबीच एकताको विषय उठाइरहेका छन् त कहिले समाजवादी विचारधाराका दलहरुबीच एकताको विषय उठाइरहेका छन् । उनले सरप्राइज दिने समेत बताए । त्यो सरप्राइज कस्तो होला ? प्रचण्डले पूर्वमाओवादीसँग छलफल बढाइसकेका छन् । उनले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण देखि विप्लवसँग एक चरणको भेटवार्ता गरिसके […]

मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादी प्रवेश

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयोजित आइतबार एक कार्यक्रमका वीच बजागाई र ज्ञवालीले माओवादी केन्द्र प्रवेश गरेका हुन् । तत्कालीन एकीकृत माओवादीबाट विभाजन भई वैद्यले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि मजदुर नेता बजगाईं र ज्ञवाली गएका थिए । वैद्य नेतृत्वको पार्टीमा बस्ने अवस्था नभएपछि माओवादी केन्द्रमै फर्किएका हुन् । पछिल्लो समय वैद्य र विप

साख उकास्ने अवसर

यो लेख सार्वजनिक हुँदासम्म राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक दस्तावेज पारित भइसकेको हुनेछ । माओवादी प्रचार उपप्रमुख महेश्वर दाहालद्वारा सम्पादित ‘समयबद्ध’ पत्रिकाको ब्यानर शीर्षक माओवादी आन्दोलनको सार्थक (औपचारिक बिसर्जन) बैठानले वैधानिकता पाउनेछ । डेढ दशकसम्म सिद्धान्त र सङ्गठनमा तदर्थवाद हावी भएको पार्टीलाई एकातर्फ जनयुद्धको धङधङीलाई पनि निरन्तरता दिनुपर्ने अनिवार्यता थियो अर्कोतर्फ जुन परिस्थितिमा शान्ति सम्झौता भएको थियो, त्यसको चुनौती सामना गर्नुपर्ने हुन्थ्यो । पार्टीको अवस्था खस्कँदा पनि अहिले अध्यक्ष प्रचण्ड आन्तरिक रूपमा सुविधाजनक अवस्थामा छन् । सर्वसम्मतलाई वैचारिक चुनौती दिने मोहन वैद्य ‘किरण’ छैनन् भने व्यवहारवादको दबाब दिने न डा. बाबुराम भट्टराई छन् न युवापङ्क्तिलाई आवेग

वैद्यको टिप्पणी : ओली र प्रचण्ड प्रतिक्रियावादका दलाल

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरू भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । यस्ता घटनाहरूको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भ

माओवादी समूहबीच एकीकरणका लागि गोपाल किरातीको पत्राचार

निर्वाचन आयोगमा नेकपा (माओवादी केन्द्र) दर्ता गरेको पूर्वमन्त्री गोपाल किरातीले सबै माओवादी समूहका नेताहरुलाई एकीकरणका लागि पत्राचार गरेका छन् । किरातीको पत्र पाएपछि प्रचण्ड समूहका नेताहरुले किरातीसँग छलफल अघि बढाइसकेका छन् ।माओवादी नेता किरातीले पार्टी एकता वा मोर्चाबन्दीका लागि माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर एकताका लागि आह्वान गरेका हुन् ।किरातीको पत्राचारपछि