यो लेख सार्वजनिक हुँदासम्म राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक दस्तावेज पारित भइसकेको हुनेछ । माओवादी प्रचार उपप्रमुख महेश्वर दाहालद्वारा सम्पादित ‘समयबद्ध’ पत्रिकाको ब्यानर शीर्षक माओवादी आन्दोलनको सार्थक (औपचारिक बिसर्जन) बैठानले वैधानिकता पाउनेछ । डेढ दशकसम्म सिद्धान्त र सङ्गठनमा तदर्थवाद हावी भएको पार्टीलाई एकातर्फ जनयुद्धको धङधङीलाई पनि निरन्तरता दिनुपर्ने अनिवार्यता थियो अर्कोतर्फ जुन परिस्थितिमा शान्ति सम्झौता भएको थियो, त्यसको चुनौती सामना गर्नुपर्ने हुन्थ्यो । पार्टीको अवस्था खस्कँदा पनि अहिले अध्यक्ष प्रचण्ड आन्तरिक रूपमा सुविधाजनक अवस्थामा छन् । सर्वसम्मतलाई वैचारिक चुनौती दिने मोहन वैद्य ‘किरण’ छैनन् भने व्यवहारवादको दबाब दिने न डा. बाबुराम भट्टराई छन् न युवापङ्क्तिलाई आवेग