काठमाडौँ उपत्यकामा बन्दको सामान्य प्रभाव

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरूले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित […]

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यका सहित देशभर वर्षा हुने

मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बजार अनुगमन जारी, प्रभाव न्यून

सरकारले नियमित बजार अनुगमन गरिरहे पनि बजारको अवस्था सुध्रिएको छैन । बरु पछिल्ला दिनमा व्यवसायिक फर्मबाट बदमासी हुने क्रम बढेको छ । अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कैफियत भेटिएमा ठुला र सानालाई एउटै प्रकृतिको जरिबाना भएकाले ठुला फर्मबाट गलत गर्ने क्रम बढेको हो । विभागको अनुगमन टोलीले सोमबार मात्रै ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेकी मिनाक्षी खाद्य उद्योगमा सिलबन्दी गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि विभागले उक्त उद्योगमा सिलबन्दी गरेको हो । गोप्य सूचनाका आधारमा विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा उक्त उद्योगमा अनुगमन गरी सिलबन्दी गरियो ।

काठमाडौँ उपत्यकामा बन्दकाे प्रभाव सामान्य (तस्बिरसहित)

काठमाडाैँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ। मंगलबार बिहान सुनसान देखिएका सडकहरूमा अहिले सवारीसाधनको चाप बढ्न थालेको छ। निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। बन्दकर्ताहरूले केही स्थानमा गाडी ताेडफाेड गरेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी […]

काठमाडाैँ उपत्यकामा बन्द गराउँदै हिँड्ने १७ जना पक्राउ

काठमाडाैँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा न्यून प्रभाव देखिएको छ। बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रूपमा नै सवारीका साधनहरू निर्वाधरूपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। उपत्यकाका विभिन्न ठाउँमा केही गाडी ताेडफाेड भएका छन्। काठमाडौँ उपत्यका […]

उपत्यकामा फुकुवा हुन लागेको १ लाख ३० हजार रोपनी जग्गामा हाउजिङ डेभलपर्सको नजर !

काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा ४ शहर विकासका लागि रोक्का राखेको १ लाख ३० हजार रोपनी जग्गा फुकुवा गर्ने प्रक्रिया सुरु गरेसँगै हाउजिङ डेभलर्सहरु केही उत्साहित भएका छन् ।काठमाडौँमा जग्गा उपलब्ध नभएपछि काठमाडौँ बाहिर हाउजिङ बनाउन केन्द्रित भएका घरजग्गा व्यवसायीहरु काठमाडौँ उपत्यकामै १ लाख ३० हजार रोपनी जग्गा फुकुवा हुने भएपछि अब काठमाडौँमै केन्द्रित हुने अपेक्षा गरिएको छ । व्यवसायीहरु पनि काठमाडौँमै जग्गा फुकुवा हुने भएपछि पुनः एक चरण काठमाडौँमै केन्द्रित हुने दाउमा छन् ।‘व्यवस्थित बस्तीलाई व्यवस्थित शहर बनाऔँ’जग्गा फुकुवा भएसँगै हाउजिङ डेभलपर्सहरु त्यो क्षेत्रमा व्यवस्थित बस्ती विकासका लागि कम्मर कसेरै लागेका छन् । जग्गा कम हुँदै गएको अवस्थामा थोरै जग्गामा धेरै सुविधा र मानिसहरु बसोबास गर्न सक्ने गरी बस्ती विकास गर्नुपर्ने भएकाले फुकुवा हुन लागेको जग्गा आवास विकासकर्ताहरुको नजरमा पर्ने बताइन्छ ।आवास विकासकर्ताहरुले केवल हाउजिङ बनाउने मात्रै नभई व्यवस्थित शहरको विकासका लागि पनि आफूहरु सक्षम रहेको दाबी गर्दै आएका छन् । तर, पर्याप्त जग्गा उपलब्ध नहुँदा हाउजिङ परियोजना बनाउनेहरुले शहर नै बनाउने आँट गर्न सकेका छैनन् । यद्यपी, अहिले भूकम्प प्रतिरोधी भवन, शिक्षा स्वास्थ्यदेखि खेलकुद सम्मको व्यवस्था र विकासका पूर्वाधार सबै पूरा गरेरै हाउजिङ बन्ने भएकाले यस्ता हाउजिङ परियोजना शहरभन्दा कम नहुने दाबी विकासकर्ताहरुको छ ।व्यवस्थित बस्ती विकासलाई नै व्यवस्थित शहरको रुपमा विकास गर्दै लैजान सकिने ‘अर्वन प्लानर’हरु बताउँछन् ।यसअघिः५ वर्षदेखि रोक्का रहेको उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गा फुकुवा हुँदै (ठेगानासहित)‘मिल्ने रहेछ भने २ वर्ष लाग्छ’फुकुवा हुन लागेको भनिएको १ लाख ३० हजार रोपनी जग्गामा ठूलो स्केलका रियलस्टेट परियोजनाहरु तत्कालै आउने सम्भावना भने कम छ । त्यहाँ बिजुली, सडक, खानेपानी र व्यवस्थित ढल निकास लगायतका आधारभूत आवश्यकताहरु पुगिसकेका छैनन् । ठूला परियोजना निर्माणका लागि यी आवश्यकता पूरा भएको हुनुपर्छ ।सीई कन्ट्रक्सनका प्रबन्ध निर्देशक तथा सीई ग्रुपका अध्यक्ष विजयराज भण्डारीका अनुसार ‘लार्ज स्केल’का हाउजिङ परियोजना बनाउन ११ केभी, ३३ केभी क्षमताको विद्युत, ८ मिटर चौडा भएको सडक र २४सैँ घण्टा खानेपानीको उपलब्धता हुनुपर्छ । तर, अहिले यो क्षेत्रमा यस्ता पूर्वाधार नपुगेकाले व्यवसायीहरु खासै उत्साहित नदेखिएको दाबी उनको छ ।अर्का एक जना हाउजिङ विकासकर्ता भने पहिला त्यहाँ निजी क्षेत्रले परियोजना ल्याउन पाउने वा नपाउने टुगो लाग्नुपर्ने बताउँछन् ।‘प्राइभेट सेक्टरबाट त्यहाँ परियोजना बनाउन मिल्ने नमिल्ने पहिला टुंगो हुनुपर्यो, मिल्ने हो भने जमिन खरिद प्रक्रिया पनि लामो हुन्छ, प्राधिकरणबाट स्वीकृति लिनुपर्यो’ एक जना हाउजिङ डेभलपर्स भन्छन्, ‘वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्नुपर्यो, यी सबै प्रक्रिया पूरा गर्दा कम्तीमा पनि २ वर्ष लाग्छ ।’तर, साना व्यवसायीहरुले २०÷३० रोपनी जग्गा प्लटिङ गरेर बिक्री गर्नेहरुले फाइदा लिन सक्ने उनीहरुको भनाई छ ।

काठमाडौँ उपत्यका र तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ – काठमाडौँ उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले कुनै मौसमी प्रणालीको प्रभाव नभए पनि चिसो मौसमका कारण बिहान-साँझ हुस्सु-कुहिरो लागेको जानकारी दिएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको जनाइएको छ । महाशाखाअनुसार दिउँसो देशभर आंशिक बदलीको सम्भावना रहेको छ। भोलि मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि […]

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

प्रकाश सिलवाल,काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो । उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने राससलाई जनाउनुभयो । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी ९संस्थागत० विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् । कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको ...

घनाबस्तीमा संक्रमण फैलिन नदिन सरकारले बैलैमा ध्यान देओस्

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकाका ढलहरुमा पनि कोभिड १९ को भाइरस भेटिएको भन्ने समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्‍याउन आयोगले सरकारलाई आग्रह गरेको छ। बढी संक्रमण प्रभाव...