नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेलले पार्टीभित्र विधि मर्दै जाने र व्यक्तिका इच्छा हाबी हुँदै गएपछि पार्टी कमजोर भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू रहेसम्म निरन्तर पार्टीभित्र वैचारिक रूपमा प्रस्तुत हुने बताएका हुन् ।
‘यसपटक पार्टी भित्रबाट र व्यक्तिगत रूपमा मलाई सहानुभूति राख्ने धेरैले बागमती प्रदेशको संसदीय दल नेताका रूपमा देख्ने चाहना राखेको महसुस गरेको थिएँ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । ज–जसलाई मैले हतारो गरें, ओभरस्मार्ट भएँ, घमण्डीपन देखाएँ र कतिपय नेताका व्यक्तिगत आग्रह नमानेर गलत गरें भन्ने लागेको छ उहाँहरुको मप्रतिको सबैखाले धारणाप्रति उच्च...