कर्णाली प्रदेशका १० वटामध्ये पाँच वटा जिल्लामा मतगणना जारी छ । जसमध्ये रुकुम पश्चिमको सुरुवाती नजिता बाहिर आएको छैन भने बाँकी चार जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । गठबन्धनले लिड गरिरहेको क्षेत्रमध्ये सुर्खेत निर्वाचन क्षेत्र नम्बर २, दैलेख निर्वाचन क्षेत्र नम्बर २, जाजरकोट र सल्यान हुन् । यस्तै नेकपा एमालेले दैलेख निर्वाचन क्षेत्र नम्बर १ ले अग्रता लिएको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले फराकिलो अग्