सर्लाहीमा आलु उत्पादन घट्यो

सर्लाही । गतवर्षको तुलनामा यस वर्ष सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा ठूलो कमी आएको बताइएको छ । बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपालले भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यस वर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन ।’ प्रतिकिलो २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले १५ मा विक्री गर्नुपरेको उनले गुनासो गरे । भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो १६ मा खेतबाटै विक्री गरिरहेका छन् । बागमती नगरपालिका–६ राजघाटका किसान पनिलाल रामले भने, ‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।’ जिल्लाका बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलुखेती गरिन्छ । जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलंगवा, चपुर, वीरगञ्ज र कलैयामा रहेको शीतभण्डारमा भण्डारणका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । रासस  

सम्बन्धित सामग्री

मुस्ताङमा आलु उत्पादन घट्यो

म्याग्दी : मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो।केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ हजार ६०३ मेट्रिक टन आलु उत्पादन भएकोमा  यो वर्ष छ हजार तीन ३६३ मेट्रिक टन आलु उत्पादन भएको छ। ‘यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन’, प्रमुख बस्ताकोटीले भने, ‘डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो

मुस्ताङमा आलु उत्पादन घट्यो

म्याग्दी – मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताए। केन्द्रका अनुसार गत वर्ष नौ हजार छ सय तीन मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष छ हजार तीन सय ६३ मेट्रिक […]

ऐजेरुले आलु उत्पादन घट्यो

ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ ।

छिर्के रोग र दुम्सीले आलु उत्पादन घट्यो

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित चित्रे गाउँका कृषक जगतबहादुर काफ्ले यति बेला चिन्तित छन् । तरकारी खेतीका अगुवा किसान काफ्लेको मुख्य आम्दानीको स्रोत आलु उत्पादन हो । तर, यस वर्ष देखा परेको छिर्के रोगका कारण काफ्ले मात्र नभएर त्यस क्षेत्रका कृषकको चिन्ता बढाएको छ ।

हुम्लामा आलु उत्पादन घट्यो

आलु खेती राम्रो हुने हिमाली जिल्ला हुम्लामा यसवर्ष उत्पादन घट्ने देखिएको छ । किसानले आलु खेती धेरै गर्न थालेको भएपनि बर्खामा पानी बढी परेको कारण आलुको उत्पादन घटेको हो ।