म्याग्दी : मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो।केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ हजार ६०३ मेट्रिक टन आलु उत्पादन भएकोमा यो वर्ष छ हजार तीन ३६३ मेट्रिक टन आलु उत्पादन भएको छ। ‘यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन’, प्रमुख बस्ताकोटीले भने, ‘डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो