काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ ।