५ करोड रुपैयाँमा बिक्यो एप्पलको पहिलो कम्प्युटर

एप्पलले पहिलो पटक उत्पादन गरेको एक कम्प्युटर पाँच करोड रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको छ । एप्पलले सबैभन्दा पहिले सन् १९७६ मा निर्माण गरी बजारमा ल्याएका एप्पल वान कम्प्युटरमध्ये चालु हालतमा रहेको उक्त कम्प्युटर मंगलबार लिलामी मार्फत् चार लाख डलरमा बिक्री भएको हो । अमेरिकाको क्यालिफोर्नियास्थित जोन मोरान लिलामघरले लिलामीमा राखेको उक्त कम्प्युटरको मूल्य ६ […]

सम्बन्धित सामग्री

विश्वभर कम्प्युटरको विक्री घट्यो, मारमा एप्पल

काठमाडौं । विश्वभर Personal Computer (पीसी)को विक्रीमा उच्च कमी आएको छ । सन् २०२३ को पहिलो त्रैमासमा विश्वभर कुल ५ करोड ६९ लाख थान पीसी विक्री भएको छ । विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत कम हो । विक्री नभइकन उब्रिएको मौज्दात र खस्कदो बृहत् आर्थिक वातावरणका कारण विक्री प्रभावित बनेको हो । सो अवधिमा अमेरिकी प्रविधि कम्पनी Apple Inc को विक्री सबैभन्दा धेरैले घटेको छ । बजार अनुसन्धानकर्ता संस्था International Data Corporation (आईडीसी)का अनुसार सन् २०२२ को पहिलो त्रैमासमा विश्वभर कुल ८ करोड २ लाख थान पीसी बिकेका थिए । सन् २०२२ को अन्तिम त्रैमासमा पनि पीसी विक्रीमा यस्तै प्रवृत्ति देखिएको थियो । डिसेम्बर त्रैमासमा विश्वभर पीसीको विक्री २८ दशमलव १ प्रतिशतले घटेको थियो । प्रतिवेदनमा समावेश गरिएको शीर्ष पाँच पीसी कम्पनीहरूमध्ये विक्री सबैभन्दा धेरै एप्पलको घटेको छ । पहिलो त्रैमासमा एप्पलको विक्री ४० दशमलव ५ प्रतिशतले घटेको छ । यो सन् २०२२ को जनवरी-मार्चयताकै ठूलो कमी हो । डेल टेक्नोलोजीको विक्री पनि ३१ प्रतिशतले घटेको छ । लेनोभो ग्रुप, असुस्तेक कम्प्युटर इंक र एचपीको विक्रीमा पनि उच्च कमी आएको छ । गएको वर्षको अन्तिम त्रैमासमा नै एप्पलको म्याक कम्प्युटरको विक्री २९ प्रतिशतले घटेर ७ अर्ब ७० करोड डलरमा झरेको थियो । पछिल्लो समय विश्वका ठूला अर्थतन्त्रहरू सुस्ताउने थालेको चिन्ताले पनि विक्री प्रभावित भइरहेको छ । महँगी नियन्त्रण गर्न विश्वभर बढाइएको ब्याजदरले आर्थिक वृद्धिदर र वित्तीय लगानी दुवै प्रभावित पार्ने देखिएको छ । सन् २०२४ को शुरुदेखि आर्थिक गतिविधिहरू बढ्यो भने पुराना बन्दै गएको उपकरणहरू फेर्नु पर्ने आवश्यकताका कारण माग ह्वात्तै बढ्ने आशा गर्न सकिने आईडीसीका अधिकारी बताउँछन् । तर, प्रमुख अर्थतन्त्र मन्दीमा जाकिए भने पीसी बजारमा पुनःबहालीको आशा तुहिने निश्चितप्रायः छ । एजेन्सी

५ करोड लागतमा नेपालमै बन्दै एनिमेटेड फिल्म ‘चन्द्रागिरी वारियर्स’

‘द लायन किङ’, ‘टोय स्टोरी’, ‘मिनियन्स्’ जस्ता हलिउडका एनिमेटेड फिल्मले विश्वभर अर्बौं कमाई गरेका छन् । विश्वभरमा कम्प्युटर एनिमेटेड फिल्मको बजार फैलिँदो छ ।यस्तैमा अब नेपालमा पनि एनिमेटेड निर्माण हुने भएको छ । माया एनिमेसन एकेडेमीले ‘चन्द्रागिरी वारियर्स’ (चन्द्रागिरी योद्धाहरु) शीर्षकमा एनिमेटेड फिल्म बनाउन लागेको हो । अनुमानित ५ करोडको लागतमा नेपालकै जनशक्तिबाट एनिमेटेड फिल्म बनाउन लागिएको फिल्मका निर्देशक इन्द्र बलामीले जानकारी दिए ।‘अहिले

चीनले अब स्वेदेशी कम्प्युटर मात्र प्रयोग गर्ने, ५ करोड कम्प्युटर फेर्ने

चीनले आफ्ना सरकारी निकाय तथा एजेन्सीहरुमा विदेशी ब्राण्डका कम्प्युटरहरूको प्रयोग बन्द गर्न निर्देशन दिएको छ । विदेशी ब्राण्डका कम्प्युटरको साटो चिनिया ब्राण्डका कम्प्युटर प्रयोग गर्न सरकारले निर्देशन दिएको हो । संवेदनशील ठाउँहरूमा विदेशी प्रविधिको पहुँच अन्त्य गर्नका लागि चीनले यस्तो कदम अगाडि सारेको हो । आगामी २ वर्षभित्रमा सरकारी एजेन्सी तथा उद्योगहरूमा विदेशी कम्प्युटरलाई स्वदेशी […]