खरिद बिक्री खाता भदौ ३१ गतेसम्म अपलोड गर्दा जरिवाना नलाग्ने, यस्तो छ नयाँ ब्यबस्था

आन्तरिक राजस्व विभागले वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताले अनिवार्यरुपमा खरिद, बिक्री खाता अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ । खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गरेपछि मात्रै मासिक कारोबारको विवरण भेरिफाई हुने व्यवस्था गरिएकोमा करदाताले बिहीबारसम्म पनि खरिद, बिक्री खाता अपलोड गर्न सकेका छैनन् । यसैबीच विभागले सूचना जारी गर्दै साउन महिनाको खरिद, बिक्री खाता भदौ ३१ गतेसम्म अपलोड गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।नयाँ आर्थिक वर्षको सुरुवातसँगै खरिद, बिक्री खाता अपलोड गर्नुपर्ने व्यवस्था लागु गरिएको भएपनि प्राविधिक समस्याले गर्दा अधिकांश करदाताले खाता अपलोड गर्न नसकेपछि विभागले म्याद थप गरेको हो । विभागका अनुसार साउन महिनाको खरिद, बिक्री खाता अपलोड नगरिकन भ्याट विवरण भेरिफाई गर्ने व्यवस्था गरिएको छ । भदौ ३१ गतेसम्म खाता अपलोड गरेमा जरिवाना नलाग्ने विभागको सूचनामा उल्लेख छ । खाता अपलोड गर्नुपर्ने नयाँ व्यवस्थाआन्तरिक राजस्व विभागले आ.व. २०७८/७९ देखि लागु हुने गरी ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताले खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ । वार्षिक ५ करोडभन्दा कम कारोबार गर्ने करदाताका लागि भने खाता अपलोड अनिवार्य गरिएको छैन ।नयाँ व्यवस्था अनुसार करदाताले हरेक महिनाको खरिद, बिक्री खाता र भ्याटको विवरण सँगसँगै पेश गर्नुपर्छ । मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताले प्रत्येक महिनाको कारोबारको विवरण र कर अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थामा परिमार्जन गर्दै विभागले प्रत्येक महिनाको २५ गतेभित्र अघिल्लो महिनाको खरिद, बिक्री खाता अपलोड गरेपछि मात्रै मूल्य अभिवृद्धि कर विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको हो । खरिद, बिक्री खाता विभागले तोकेको ढाँचामै तयार गर्नुपर्ने व्यवस्था छ । प्रत्येक महिना दुवैथरी खाता एकैसाथ अपलोड गर्नुपर्दछ ।  यसअघि खरिद, बिक्री खाता राजस्व कार्यालयहरुबाट प्रमाणित गर्नुपर्नेमा हाल उक्त व्यवस्था हटाइएको छ । विभागको सूचना हेर्न यहाँ क्लिक गर्नु होला । 

सम्बन्धित सामग्री

आन्तरिक राजश्व विभागले खरिद बिक्री खाता अपलोड गर्ने समय थप गर्‍यो

काठमाडौं, भदौ २५ । आन्तरिक राजश्व विभागले खरिद बिक्री खाता अपलोड गर्ने समय थप गरेको छ । विभागले शुक्रबार सूचना जारी गर्दै खरिद बिक्री खाता भदौ ३१ गतेसम्म बुझाउँदा सक्ने व्यवस्था गरेको जनाएको हो ।सर्भरमा बढ्न सक्ने चापलाई मध्यनजर गर्दै खाता अपलोड गर्ने समय थप गरेको विभागले जनाएको छ । यस अघि विभागले २५ गतेभित्र […]

१४ हजार करदाताले खरिद बिक्री खाता अनिवार्य अपलोड गर्नुपर्ने

आर्थिक वर्ष २०७८/७९ देखि खरिद, बिक्री खाता आन्तरिक राजस्व विभागको कम्प्युटर सिस्टममा अनिवार्य अपलोड गर्नुपर्ने करदाताको संख्या १४ हजार रहेको छ । कम्प्युटराइज्ड बिलिङको अनुमति लिएका सबै करदाता र तोकिएका करदाताको हकमा खाता अपलोड अनिवार्य गरेको हो । हाल वार्षिक ३५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताले अनिवार्यरुपमा कम्प्युटर प्रणालीबाट बिल, बिजक जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालय अन्तर्गत रहेका करदाताहरुले कम्प्युटर प्रणालीबाट बिल, बिजक जारी गर्दै आएका छन् । नयाँ व्यवस्था अनुसार विभागले तोकेका १४ हजार ८० वटा करदाताले मासिक रुपमा खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गर्नुपर्नेछ । करदाताले आफ्नो मासिक खरिद, बिक्री विवरण विभागले तोकेको ढाँचामा तयार गरी अपलोड गर्नुपर्ने व्यवस्था छ । वस्तुको परिमाण, ईकाई लगायतका सम्पूर्ण विवरण अनिवार्यरुपमा उल्लेख गरी अपलोड गर्नुपर्ने विभागले जनाएको छ । एकपटकमा ९ हजार तथ्याङ्क वा बढीमा एकसय एमबी साईज भएको फाईल कम्प्युटर सिस्टममा अपलोड गर्न सकिन्छ । विभागले खरिद, बिक्री खाताको ढाँचा वेबसाइटमा प्रकाशन गरेको छ । करदाताले खाताको ढाँचा कम्प्युटर प्रणालीबाटै डाउनलोड गर्नसमेत सक्नेछन् । वार्षिक पाँच करोडभन्दा कम कारोबार गर्ने करदाताको हकमा भने खरिद, बिक्री खाता अपलोड अनिवार्य गरिएको छैन ।

खाता प्रमाणीकरण गर्ने म्याद पुस मसान्तसम्म थप

काठमाडौं । खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपिएको छ । आन्तरिक राजस्व विभागले मासिक, द्विमासिक तथा चौमासिक

व्यवसायीको आग्रहपछि खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थपियो

काठमाडौं। व्यवसायीको आग्रहपछि खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपिएको छ। आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म म्याद