काठमाडौं । जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईले प्रतिनिधि पुनःस्थापना भए नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । गोरखामा शुक्रबार पत्रकारसँगको कुराकानीमा भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना भए शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरे । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ओलीजस्तो भष्मासुरलाई हुर्काउन भूमिका खेलेकाले प्रधानमन्त्रीका लागि लायक नहुने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘प्रचण्ड–माधवहरुको