काठमाडाैँ – विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत जारी खेलमा फ्रान्सले पोल्यान्ड विरुद्ध सुरुवाती अग्रता लिएको छ। पहिलो हाफको अधिकासं समय गोलरहित बराबरी भएको खेलमा ४४ औ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए। गोलसँगै फ्रान्सका लागि जिरुड सर्वाधिक गोलकर्ता बने। उनले ५२ गोल पुरा गरे। उनले एम्बाप्पेको पासलाई सदुपयोग गरेका थिए।