फ्रान्सका राष्ट्रपतिको पुटिनलाई 'कल' : सैन्य गतिविधि बन्द गर

फ्रान्सका राष्ट्रपति इमेनुल म्याक्रोनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेका छन्। युक्रेनका नेताको अनुरोधअनुसार पुटिनसँग सोझै कुराकानी भएको म्याक्रोनले बताएका हुन्। दोस्रो दिन पनि रसियाले युक्रेनको किभ क्षेत्रमा आक्रमण जारी राखेको छ। दशकौं पछि युरोपमा यसखालको युद्ध भएको बीबीसीले जनाएको छ।  युक्रेनका राष्ट्रपतिले पुटिनसँग कुरा गर्न चाहेको तर फोन सम्पर्क…

सम्बन्धित सामग्री

नेपालमा विदेशी सैन्य गतिविधि स्वीकार्य छैन : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन्। कूटनीतिक क्षेत्रका विषयमा एमालेका नेता(कार्यकर्ताहरुलाई शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यसो भनेका हुन्।

हामी असल छिमेकी हुन चाहन्छौँ, भारत–चीन कार्ड खेल्दैनौँः ओली

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन्। राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने उनको भनाइ थियो। नेकपा (एमाले) परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौँमा सुरु […]

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

काठमाडौँ  एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्य रेखा पार गरेर आइतबार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ ।  आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् । चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ […]

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण भइरहेपछि संयुक्त राष्ट्र सङ्घले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले जापोरिजा वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने भन्दै तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गर्नुभएको हो । राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा यही विषयमा छलफल समेत भइरहेको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले संवेदनशील घडी आएको बताउनु भएको छ । यो आणविक भट्टीमा कम्...

युक्रेनको आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न राष्ट्रसंघको आह्वान

काठमाडौं । युक्रेनको जापोरिज्जियास्थित युरोपकै सबै भन्दा ठूलो आणविक केन्द्रमा आक्रमण हुने क्रम बढेपछि संयुक्त राष्ट्रसंघले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो एन्टोनियो गुट्रेसले जापोरिज्जिया वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने बताउनुभयाे । उहाँले तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गर्नुभएको हो […]

रुसले सैन्य गतिविधि कम गरेन : युक्रेन

रुसले सैन्य गतिविधि धेरै कम गर्ने घोषणा गरेको भए पनि उत्तरी शहर चेर्निहिभमा बमबारी गरेको युक्रेनले बताएको छ ।  टर्कीमा भएको वार्तामा प्रगति भएको भन्दै रुसी रक्षा मन्त्रालयले हिजो मङ्गलवार युक्रेनको राजधानी किएभ र चेर्निहिभ सहरमा सैन्य गतिविधि कटौती गर्ने घोषणा गरेको थियो । चेर्निहिभका गभर्नर भिचास्लाभ चाउसले रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गर्नुभएको बीबीसीले जनाएको छ ।  युक्रेन र रुसका प्रतिनिधिहरूले हिजो टर्कीको इस्तानबुलमा तीन घण्टा लामो वार्ता गरेका थिए । हिजोको वार्तालाई फेब्रुअरी २४ मा युद्ध सु...

रूसले युक्रेनमा सैन्य गतिविधि कम गर्ने

रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार जानकारी गराएका छन् । रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएका समय रूसको उक्त निर्णय सार्वजनिक भएको हो ।टर्कीको इस्तानबुलमा भएको मस्को–कीभ शान्ति वार्ताको नयाँ चरणपछि फोमिनले यस्तो बताएका हुन् । मङ्गलबारको वार्तामा यूक्रेनको तटस्थता र गैर आणविक स्थितिका साथै यूक्रेनलाई सुरक्षाको प्र

साउथ चाइना सीमा चीनको सैन्य गतिविधि बढेसँगै छिमेकी देशहरुलाई ‘थ्रेट’

एजेन्सी, ९ चैत्र । साउथ चाइना सीको विवादास्पद टापुहरुमा चीनको गतिविधि बढ्न लागेको छ । उसले हालैमात्र तीनवटा विवादास्पद टापुहरुमा सैन्य सामाग्री राखेको छ । साउथ चाइना सीमा एन्टीसिप र एन्टी हवाई मिसाइल प्रणाली, लेजर, लडाकु विमान बढाएको छ । चीनको गतिविधिले साउथ चाइना सी वरिपरिका देशहरुले सुरक्षा खतरा देख्नथालेको बताइएको छ । अमेरिकाको इन्डो […]

अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्नुपर्छ : चीन

चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया प्रशान्त क्षेत्रमा नजिकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडपका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको आधिकारिक प्रतिक्रियाका रूपमा उक्त टिप्पणी गरेका हुन् । वूले भने, ‘टकराव भएको बेलादेखि अमेरिकी पक्षको अप्ठ्यारो र गोप्य मनोवृत्तिले अन्तर्राष्ट्रिय समुदायमा अनिवार्य रूपमा शंका उत्पन्न गरेको छ। अमेरिकी प