नेपाली काँग्रेस कर्णालीको प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । शनिबार साँझ सम्पन्न मतदानअनुसार कुल ७७१ मतदातामध्ये ७५४ मत खसेको छ । नेतृत्व चयनका लागि दिउँसो २ बजेपछि मतदान भएको थियो । अब मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना हुने बताइएको छ । कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिडेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही