काठमाण्डौ – संयुक्त अरब इमिरेट्स यूएईको दुबई राज्यमा जान अब कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ ।
नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई आउनेले यूएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नु परे पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नु नपर्ने यूएईको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । तर यो नियम यूएईको अन्य राज्यमा भने लागू हुने छैन ।
कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र आवश्यक नभए पनि यूएई जाने नेपालीले सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइ...