मोरङ- कोसी प्रदेश सभासदस्य गोम्बु शेर्पाले सोलुखुम्बको केही गाँउपालिकामा जंगली भालुको आक्रमणबाट दुई जनाको मृत्यु भएको बताएका छन् । बुधबार विराटनगरस्थित कोसी प्रदेश सभाको दोस्रो सभा अन्तर्गत चौथो अधिवेशनको शून्य समयमा बोल्दै शेर्पाले सोलुखुम्बु जिल्लाको सोताङ र महाकुलुङ गाँउपालिकामा जङ्ली भालुको आक्रमणबाट जनजीवन आतंकित भएको उनले बताए । मकालुवरुण राष्ट्रिय निकुञ्जमा भालुको संख्या अनियन्त्रित रुपमा […]
खर्च कटौतीको नारा दिएको सरकारले उपप्रधानमन्त्रीको लर्को खडा गरेको छ । तर, तिनीहरूको केही पनि काम छैन । सत्ता जोगाउन खडा गरिएको यो पदको चरम दुरुपयोग भएको छ । जनताले तिरेका करबाट तलबभत्ता बुझे पनि यिनीहरूमा जनताप्रति दायित्वबोध कहिल्यै भएको पाइँदैन । हुँदाहुँदा उपप्रधानमन्त्री जस्तो मान्छे कुनै कम्पनीको आईपीओको चिट्ठा तान्न गए । उनले चिट्ठा निकाले । आईपीको चिट्ठा तान्न जाने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई कसैले पनि प्रश्न गरेनन् । उनलाई पनि कत्ति लाज लागेन । यसले थाहा हुन्छ हाम्रो मानसिकता र नियति । उनको उपस्थितिको कुनै पनि अर्थ नहुने कार्यक्रममा खुरुखुरू जाँदा उपप्रधान तथा गृहमन्त्री कतिको बेकामे र फुर्सदिला रहेछन् भन्ने देखिन्छ । उनीमात्र होइन, वास्तवमा पूरै सरकार फुर्सदिलो छ । जनताको काम गर्न परेको भए बेफुर्सदी बन्ने हो । काम केही नगर्ने तर चर्चाको लोभ गर्ने भएपछि जहाँ जहाँ भाषण ठोक्न पाइन्छ, ताली पाइन्छ, माला लगाइन्छ, यसो उपहार चढाइन्छ त्यस्तो ठाउँमा पुगिहाल्ने प्रवृत्ति नेताहरूमा पाइन्छ ।
मन्त्रिपरिषद् भनेको काम गर्ने अंग हो । तर, भाषण गर्ने र अर्तीउपदेशको फेहरिस्त सुनाउने अनि जहाँ जस्तोसुकै कार्यक्रममा गए पनि विद्वत्ता छाँट्ने अनौठो मानसिक रोग छ नेपालका नेताहरूसँग । उनीहरू यसैलाई आफ्नो सफलता ठान्छन् । जनता पनि यसैमा रमाइरहेका छन् । कुनै कार्यक्रममा जति ठूलो पदको मान्छे बोलायो त्यति ठूलो उपलब्धि मान्ने सोच छ । कामचाहिँ सिन्को नभाँचे पनि हल्ला गर्ने यही परिपाटीका कारण ‘काम गर्ने कालु मकै खानु भालु’ भने जस्तै भएको छ । काम गर्नेहरू पछाडि परेका छन्, नेताको भजन गाउँनेहरू अगाडि छन् । वास्तवमा नेपालको सरकारको कामै छैन । त्यसैले मन्त्रीहरू फुर्सदिला छन् । योजना बनाउने, तिनको कार्यान्वयन गर्ने, मुलुकलाई गति दिने कुरा मन्त्री प्रधानमन्त्रीको कार्यक्षेत्रमा नै पर्दैन । यसबारेमा उनीहरूले अध्ययन र काम गरेको अनुभव हुँदैन । तर, मिटिङ, भेटघाट, कार्यकर्ता भेलालाई सम्बोधन, कुनै पनि कार्यक्रमको उद्घाटनजस्ता काम भने उनीहरूको उच्च प्राथमिकतामा परेको देखिन्छ । केपी ओली प्रधानमन्त्री भएका बेलामा त बन्दै नबनेका आयोजनाको पनि उद्घाटन भए । अहिलेसम्म ती आयोजना पूरा भएका छैनन् ।
गिरीश जोशी
कलंकी, स्युचाटार काठमाडौं ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका हुन्।त्यसअघि नेकपा (एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए। भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरु
विगत १० वर्षमा गौरीशङ्कर संरक्षण क्षेत्रभित्र भालुले १४ वटा र चितुवा एक गरी १५ वटा यस्ता आक्रमण भएका छन् । संरक्षण क्षेत्रबाटै आएको भालुको आक्रमणबाट संरक्षण क्षेत्रबाहिर तीन वटा घटना भएका छन् ।
निकुञ्जको यो कस्तो कानुन हो ? कसैले बाँदर, भालु, बँदेल मार्दा जेल नै जानुपर्ने । तर, जनवारले मान्छे मार्दाचाहिं १० लाख रुपैयाँ दिए पुग्ने ! मध्यवर्ती क्षेत्रमा जनतालाई भन्दा जनावरलाई प्राथमिकता दिइन्छ ।
भालुको आक्रमणबाट जुम्ला गुठीचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठीचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउँदै गर्दा आइतबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो । भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत
जिल्लाको गोठीचौर गाउँपालिका ४ धौलपुरा गाउँ नजिकै शौच गर्न गएका ६० वर्षिया लक्ष्मीचन्द्र न्यौपानेलाई आक्रमण गरी घाइते बबनाउने कालो भालुलाई स्थानीयले मारेका छन्। मान्छे घाइते भएको आक्रोशमा गाउँलेले भालुलाई लखेटेर मारेका हुन्।