ह्याकरले चोरे ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी, इतिहासकै सबैभन्दा ठूलो चोरी

सीएनएन।ह्याकरहरुले विकेन्द्रिकृत आर्थिक प्लेटफर्म पोली नेटवर्कबाट ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्।यस उद्योगमा भएको यो हालसम्मकै सबैभन्दा ठूलो चोरी हो।पोली नेटवर्कले उक्त रकम फिर्ता गर्न ह्याकरहरुलाई आग्रह गरेको छ।“तपाईँहरुले ह्याक गरेको पैसा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो।तपाईँहरुले जुन पैसा चोरी गर्नुभयो त्यो हजारौं क्रिप्टो समुदायको हो। समाधानको लागि तपाईँहरु हामीसँग कुरा गर्नसक्नु हुन्छ”, पोली नेटवर्कले भनेको छ।

सम्बन्धित सामग्री

ल्याटिन अमेरिका बन्न सक्छ कमोडिटी महाशक्ति

सन् २०३२ सम्ममा यहाँको कुल खाद्यान्न निर्यातले एक खर्ब अमेरिकी डलर नाघ्नेछ र विश्वकै सबैभन्दा ठूलो निर्यात गर्ने देश हुनेछ  पाँच शताब्दीभन्दा बढी समयदेखि ल्याटिन अमेरिका र उसको दुई अर्ब हेक्टर...

एसके टेलिकमले अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकमा १०० मिलियन डलर लगानी गर्ने

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम एसके टेलिकमले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स फर्म एन्थ्रोपिकमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो टेलिकम्युनिकेसन–संचालित एआई व्यवसायलाई बलियो बनाउन एन्थ्रोपिकमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको हो । एन्थ्रोपिक, एआई फाउन्डेसन मोडेल निर्माणमा गर्न ओपनएआईसँग प्रतिस्पर्धा गर्ने स्टार्टअप र...

फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी डलर रणनीतिक लगानी गर्ने भएको छ । फोर्ब्स १०४ वर्ष पुरानो म्यागजिन र डिजिटल पब्लिसर हो । यो लगानीले फोर्ब्सलाई पब्लिकली ट्रेडेड स्पेशल एक्युजिसन कम्पनी एसपिएसीसँग मर्ज हुन मद्दत पुर्याउने बताइएको छ । यो लगानी पछि बाइनान्स फोर्ब्सको शीर्ष दुई स्थानको ठूलो मालिक बन्ने भएको...

अमेरिकाले टाउकाेकाे मूल्य ५० लाख डलर ताेकेकाे कुख्यात लागुऔषध तस्कर पक्राउ

काठमाण्डाै - कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् । ओटोनियल भनिने ५० वर्षीय  डेरो एन्टोनियो उसुगालाई हिजो सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो । कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो । कोलम्बियाका राष्ट्रपति इभान ड्युकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठ...

संसारकै ठूलो डाइनोसोरको अवशेष ७.७ मिलियन डलरमा बेचियो

अहिलेसम्म फेला परेको ६.५ करोड वर्ष पुरानो संसारको सबैभन्दा ठूलो डाइनोसोर प्रजाति (ट्राइसेरेटप्स)को अवशेष ७.७ मिलियन अमेरिकी डलर (करिब ९३ करोड रुपैयाँ) मा बेचिएको छ । स्नेहसाथ ‘बिग जोन’ नाम दिइएको उक्त अवशेष सुरुमा करिब १.७ मिलियन अमेरिकी डलर (१.५ युरो) मा लिलामीमा राखिए पनि त्यसभन्दा बढी मूल्यमा बेचिएको हो ।  फ्रान्सको पेरिसस्थित ‘ड्रोउट अक्सन हाउस’मा बिहीबार दिउँसो कारोबार भएको थियो, जहाँ ‘बिग जोन’लाई अन्य संकलित अवशेष, उल्कापिण्ड र अन्य प्राकृतिक इ

आईपीओ ल्याउँदै भारतीय डिजिटल पेमेन्ट कम्पनी पेटीएम

एजेन्सी। भारतको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म पेटीएमले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यही वर्षभित्र आईपीओ निष्कासन गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। पेटीएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन आईपीओ निष्कासनका लागि नियामकसमक्ष पुगिसकेको छ। यस कम्पनीको बजार मूल्य २४ अर्ब अमेरिकी डलर बराबरको छ। पेटीएम भारतको नम्बर एक अनलाईन भुक्तानी कम्पनी हो।

भारतको फूड डेलिभरी कम्पनीले वर्षकै ठूलो आईपीओ ल्याउँदै

एजेन्सी। भारतको फूड डेलिभरी कम्पनी जूमाटोले वर्षकै सबैभन्दा ठूलो साधारण सेयर(आईपीओ) ल्याउन लागेको छ। कम्पनीले सन् २०२० कै सबैभन्दा ठूलो आइपीओ यही साता आईपीओ ल्याउँदैछ। कम्पनीले प्रतिकित्ता ७२ देखि ७६ भारुमा सेयर बेच्ने तयारी गरिरहेको छ। यो भनेको ९७ सेन्ट र १.०२ अमेरिकी डलर प्रतिकित्ता हो। १.३ बिलियन अमेरिकी डलर बराबरको आईपीओ निष्कासनपछि कम्पनीको बजार मूल्य ८ बिलियन डलर पुग्नेछ।

म्यानमारको सेनाद्वारा नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर घुस लिएको आरोप

काठमाण्डाै - म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि अवैध रुपमा रकम लिएको आरोप लगाएको छ । म्यानमारको सेनाले नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको बीबीसीले जनाएको छ ।   फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाए पनि यो विषयमा कुनै पनि प्रमाण भने दिएको छैन । सेनाले म्यानमारमा 'कू' गर्दा सुकीलाई हिरासतमा लिएको थियो । त्यसयता सुकीलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन । सेनाले 'कू' गर...