बुटवल । आइतबार राति लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा केही नौलो दृश्य देखियो । प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको कार्यालयमै बोलाएर पोखरेलले शपथ लिँदा त्यहाँ उल्लेख्य संख्यामा सैनिक पोशाक लगाएका मानिसहरु देखिन्थे, जो प्रहरीहरुसँगै विपक्षी सांसदको विरोधलाई रोक्न परिचालित भएका थिए ।सांसदमाथि बल प्रयोग गराएर प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको कार्यालयमा पुगेर पोखरेललाई पद तथा गोपनियताको शपथ खुवाए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा विभागका सुरक्षाकर्मी