वेवी कुमारी यादव/सप्तरी ।
सप्तरी – २०७८ सालको कात्तिक महिना । राजविराजमा मौसम अलिअलि चिसिँदै थियो । सबैतिर छठको रौनक छाएको थियो । राधाका श्रीमान् रमेश एकै छिन् घुमेर आउँछु भन्दै साँझपख घरबाट निस्किए । श्रीमान् आउँछन् र खाना खाउँला भन्दै कुरिरहेकी राधा कुर्दा कुर्दै निदाउनुभयो ।
आँखा खुल्दा घरको भर्याङतिरबाट गीत बजेको सुन्नुभयो । जुरुक्क उठेर हेर्दा भर्याङतिरमा जे देख्नुभयो त्यो राधाको आँखाले कहिल्यै हेर्न नचाहेको दृश्य थियो । आफ्नै आँखाले प्रस्टै देखेको कुरा राधाले सपनामा पनि देख्न नसक्ने...