नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेलको विषयमा तीनदेखि वार्ता भइरहे पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । पहिलो दिन सामान्य छलफल भयो । कसरी कुन मोडेलमा गठबन्धन गर्ने भन्नेमै पहिलो दिनको बैठक सकिएको थियो । दोस्रो दिन एमालेको सचिवालयको बैठक बसेका कारणले सो पार्टीका उपाध्यक्ष विष्णु पौडेल बैठकमा आएर नेताहरुलाई ‘हेलो–हाइ’ गरेरमात्र फर्केका थिए ।शुक्रबार पुनः बैठक बस्न गइरहेको छ । आज पनि गम्भीररुपमा छलफल नहुने छाँटकाँट देखिएको छ । लोसपाका एक नेताले भने, &