काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै संसद् विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताउनुभएको छ । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महसुस अध्यक्ष ओलीले गर्नुभएको होला भन्ने सोचे पनि अझै आत्मालोचना हुन नसकेको बताउनुभएको हो ।
मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि ...