पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बेलायतमा एक विशेष कार्यक्रमबीच ३०० औं पृथ्वी जयन्ती मनाइएको छ । सोहि अवसर पारेर संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट संस्थापक अध्यक्ष भरत क्षेत्रीले हरेक वर्ष एक जनालाई प्रदान गर्ने गरी घोषित एक लाख रूपैँया राशिको पुरस्कार पृथ्वी पुरस्कार घोषणा गरेका छन् ।पछिल्लो समय बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि यसपटकको कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आयोजना गरेको उक्त कार