आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए । नेपालको बीमा क्षेत्रको नियम