काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (IME Life Insurance Company Limited)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड २४ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ७८ दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० करोड १९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको आम्दानी ५२ दशमलव ३० प्रतिशत बढेको छ । गत वर्ष रू. १६ करोड २२ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ७० लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च भने गत वर्ष रू. ६ करोड २ लाखभन्दा बढी खर्च गरेको कम्पनीले रू. ६ करोड ४५ लाखभन्दा बढी खर्च गरेको हो ।
तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा २२ प्रतिशत बढी कुल बीमा शुल्क (Premium) आर्जन गरेको छ । गत वर्ष रू. २ अर्ब ४४ करोड ७३ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ९८ करोड ५८ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको हो ।
कुल दाबी भुक्तानी भने गत वर्षभन्दा ३० दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष रू. ६३ करोड ७७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८३ करोड ४७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. २ अर्ब ८० करोड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १७६ थप गरी प्रतिकित्ता रू. २७६ मूल्यमा १ करोड २० लाख कित्ता आईपीओ (IPO) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)मा चैत २७ गते निवेदन दिएको छ ।
आईपीओपछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुग्नेछ । यस कम्पनीलाई नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority)ले कायम गरेको चुक्ता पूँजीको व्यवस्था अनुसार रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । आईपीओ पछि कम्पनीलाई थप रू. १ अर्ब चुक्ता पूँजी आवश्यक हुनेछ ।
तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १० करोडभन्दा बढी रहेको छ । जीवन बीमा कोषमा रू. ६ अर्ब ७ करोडभन्दा बढी रहेको कम्पनीले बीमालेख धितोमा रू. ५६ करोड ५८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ६७ रहेको छ ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ७ करोड ७९ लाख नाफा कमाएकोमा चालू आवमा वृद्धि भई रू. ११ करोड ७६ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ४२ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीको आम्दानी रू. ११ करोड १३ लाख रहेकोमा चालू आवमा रू. १५ करोड ८५ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. १ अर्ब ४ करोड सञ्चित गरेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा रू. ५ अर्ब ४७ करोडभन्दा बढी रहेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले कुल रू. १ अर्ब ९५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत आवको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो ।
गत आवमा कम्पनीले रू. १ अर्ब ६३ करोडभन्दा बढी बीमाशुल् आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ४१ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ३६ रहेको छ ।
रिर्पोट हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ५ अर्ब चुक्ता पूँजी शेयरधनीलाई नै थप शेयर जारी गरेर पुर्याउने भएको छ । इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभाले संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी थप गर्ने, शेयर पूँजी थप भएपश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयर निष्काशन गर्ने निर्णय गरेको छ । जीवन बीमा कम्पनीको चुक्ता […]
काठमाडाैँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक प्रेस विज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरूमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुनेबीमा लेख भएको सार्वजनिक गरेकोछ। बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरण सहित चौथोँ वर्षदेखि नै प्रत्येक […]
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्याइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ । […]
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्याडिसनमा साधारणसभा सम्पन्न भएको हो । सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरिएको छ भने नयाँ सञ्चालक समिति पनि गठन गरिएको छ । यस्तै कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन