अहिंसा क्षेत्रको रुपमा परिचित चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा वैशाख ६ देखि ९ सम्म श्याग्या (अहिंसा) महोत्सवको तयारी गरिएको छ । अहिंसा क्षेत्र घोषणा भएको एक सय वर्ष पुगेको अवसरमा महोत्सव गर्न लागिएको हो । चुम उपत्यकालाई १९७७ को बुद्धजयन्ती (साका दावा) को अवसरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो ।