RajdhaniDaily.com | पोखरा । लागुऔषध कारोबार आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा छन् । कास्की जिल्ला अदालतले -
कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आज रिहा भएका छन् । उनी प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी दिएकी थिइन् । चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । विसं […]
काठमाडौं । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन । आइतबार अर्थात ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरुको सुचीमा सांसद अरूण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाह गरेको हो। सजाय मिनाहा भएसगै उनी रिहा […]
The post नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् । जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै […]
पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भारतीय जनता पार्टी (भाजपा) का सांसद ठाकुरराजा सिंह पक्राउ परेका छन् । तर, केहीपछि नै अदालतबाट उनी रिहा भए । भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले...
काठमाडौं : बलात्कारको आरोपमा पक्राउ परेका मुगु जिल्लाका सांसद मोहन बानियाँ ५ लाख धरौटीमा छुटेका छन्।जिल्ला अदालत बाँकेका न्यायधीश ईश्वरी भट्टराईको इजलाशले जबरजस्ती करणी मुद्दामा प्रहरी हिरासतमा रहेका बानियाँलाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।जुम्लाकी ४० वर्षिया शिक्षिकाले आफुलाई नेपालगन्जको होटल सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि सांसद बानियाँ फागुन १६ गते पक्राउ परेका थिए।आरोपित बानियाँले भने महिलाले लगाएको आरोप झुट भएको र आफूलाई फसा
जबरजस्ती करणी आरोपमा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका नेकपा एमालेका निलम्बित सांसद मोहन बानिया १७ दिनपछि धरौटीमा रिहा भएका छन्। बाँके जिल्ला अदालतले उनलाई पाँच लाख धरौटीमा रिहा गरेको बाँकेका प्रहरी...
जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ ।जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाइ, मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा […]
काठमाडौं । बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा भएका छन् । आइतबार साँझ राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा नेताहरु रिहा भएका हुन् ।
अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट अध्यक्ष विमल पोखरेल र गण्डकी प्रदेश सांसद सुप्रभा थापा लगायत ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यो पनिः भागरथी बलात्कार हत्याको विरोध गर्दा अखिल (छैठौँ) का केन्द्रीय नेताहरू गिरफ्तार
‘हामीहरु भर्खरै रिहा भएका छौं’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘राजमो उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा हामी सबैलाई छोडेको छ ।’
रिहाईपछि अध्यक्ष पोख्रेलले बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको न्यायका लागि आफूहरु थप सक्रियताका साथ देशैभर आन्दोलन गर्ने बताउनुभयो ।
प्रहरीले अध्यक्ष पोखरेल र सांसद थापासहित अखिल (छैठौं) का सचिव सुवास जिसी, राष्ट्रिय परिषद सदस्य सुमन पौडेल, केन्द्रीय सदस्यद्वय विवेक जिसी र प्रतिभा आचार्य, काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याललगायत नेताहरुलाई पक्राउ गरेको गरेको थियो । उहाँहरुलाई आइतबार दिनभर महानगरीय प्रहरी वृत सिंहदरबारमा राखि साँझ छोडेको हो ।
अखिल (छैठौं) ले भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिन माग गर्दै राजधानीसहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ ।
त्यस्तै, अखिल (छैठौं) रुपन्देहीले पनि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंह, जिल्ला सचिव सागर वेल्वासे र सदस्य टेकराज भुसालले सम्वोधन गर्नुभएको थियो ।