डडेल्धुरा : २१ भदौ अर्थात् सोमबार हलिया मुक्ति घोषणा भएको १३ वर्ष पूरा भएको दिन। हलिया आन्दोलनकर्मी र सरकारबीच ५ बुँदे सहमतिसहित २१ भदौ २०६५ अर्थात् आजकै दिन हलिया मुक्तिको घोषणा गरिएको थियो।डडेल्धुरासहित देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। सरकारले हलिया मुक्ति घोषणा गरेको सोमबार १३ वर्ष पूरा भएको छ। तर, हलियाका दुःख भने ज्युँकात्युँ छन्। यतिसम्मकी प्रधानमन्त्री शेरबहादुर देउवाकै हलियालेसमेत परिचयपत्र नपाएको गुनासो गरेका छन्। बुवा बाजेको पालादेखि देउवा परिवारको हलियाको रु